२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहितको कप्तानीमा नेपालले केन्यासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दै



file photo
अ+ अ-

काठमाडौं । रोहितकुमार पौडेलको कप्तानीमा नेपालले आज केन्यासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दै छ । केन्याको नैरोवीस्थित जिमखाना मैदानमा उक्त खेल अहिले पौने एक बजे सुरु हुँदैछ ।

यसअघि पौडेलकै कप्तानीमा नेपालले केन्यासित शुक्रबार पहिलो एकदिवसीय खेल खेलेको थियो । उक्त खेलमा नेपाल सात विकेटले विजयी भयोे । केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७ दशमलव दुई ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो । सो खेलमा नेपालका लागि आसिफ शेखले शतकीय पारी खेलेका थिए । उनले ११० रनको योगदान दिए । यस्तै अर्जुन साउदले ६१ रनको अद्र्धशतकीय पारी खेले ।

जितसँगै नेपालले तीन खेलको एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ । नेपालले यसअघि केन्याविरुद्ध पाँच खेलको टी–२० क्रिकेट सिरिज खेलेको थियो । नेपालले उक्त सिरिज ३–२ ले जित्यो ।

टी–२० सिरिजको कप्तानी नियमित कप्तान सन्दीप लामिछानेले गरेका थिए । उक्त सिरिज सम्पन्न भएपछि लामिछाने क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज गएका छन् । लामिछाने सीपीएलमा जमैका तालावाजमा आवद्ध छन् । नेपालले केन्यासितको अन्तिम एकदिवसीय खेल सोमबार खेल्ने तय भएको छ । रासस