२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप क्रिकेट : पाकिस्तान सुपर ४ मा प्रवेश, हङकङ १५५ रनले पराजित



अ+ अ-

युएईको शारजाहमा शुक्रबार सम्पन्न एसिया कप क्रिकेट अन्तर्गतको टी-२० खेलमा पाकिस्तानले हङकङलाई १५५ रनले पराजित गरी सुपर ४ मा प्रवेश गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा दुई विकेट गुमाएर १९३ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद रिज्वानले अविजित ७८, फखार जमानले ५३ तथा खुशदिल शाहले अविजित ३५ रन बनाएका थिए ।

कप्तान बाबर आजम ९ रनमा आउट भएका थिए ।

एकसय ९४ रनको लक्ष्य पछ्याएको हङकङले १२ ओभरमा सबै विकेट गुमाई ३८ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका बलरले कसिलो बलिङ गरेपछि हङकङ दबाबमा परेको थियो । पाकिस्तानका लागि मोहम्मद नवाज ३, शादाब खानले ४, नदीम शाहले २ तथा शाहनवाज दाहानीले १ विकेट लिएका थिए ।

यो जितसँगै पाकिस्तान सुपर ४ मा प्रवेश गरेको छ । सुपर ४ को खेलमा पाकिस्तान र भारतबीच आइतबार दुबईमा प्रतिस्पर्धा हुनेछ ।

शनिबार भने श्रीलंका र अफगानिस्तानबीच खेल हुनेछ ।