२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

‘तरुणका समस्या समाधान गर्नुपर्छ’

‘तरुणका समस्या समाधान गर्नुपर्छ’
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शङ्कर भण्डारीले कांग्रेसले तरुणका समस्या समाधानका लागि भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । 

राजधानीमा सोमबार नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको पार्टीको १४औँ महाधिवेशन सफलताका लागि परिचयात्मक बृहत् छलफल कार्यक्रममा विभागका प्रमुख भण्डारीले कांग्रेसले अहिलेसम्म तरुण युवाका समस्या समाधान गर्न नसकेको गुनासो गर्नुभयो । देशभरका तरुणको ऊर्जाले नै पार्टी बलियो हुने उल्लेख गर्दै उहाँले उनीहरूले बेहोर्दै आएको बेरोजगारीको समस्या समाधान गर्न कांग्रेस नेतृत्वसँग माग गर्नुभयो ।

आफ्ना समस्या समाधानका लागि पार्टीलाई दबाब दिनुपर्नेमा जोड दिँदै भण्डारीले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा पार्टीका विभिन्न तह र तप्कामा प्रतिनिधित्व गर्न देशभरका तरणलाई सुझाव दिनुभयो । तरुणलाई सक्षम र सबल बनाउन आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि उनीहरू आफैँ लगनशील, अनुशासित, मर्यादित र निडर हुनुपर्ने बताउनुभयो । तरुणका सामु मुलुक बनाउने जिम्मेवारी रहेको भन्दै भण्डारीले सक्रियता बढाउन सुझाव दिनुभयो ।

तरुणले नै देशमा परिवर्तन गर्नसक्ने उल्लेख गर्दै उहाँले पार्टीको आसन्न महाधिवेशनमार्फत वडा, गाउँ, नगर, जिल्ला, प्रदेश र केन्द्रमा बढीभन्दा बढी प्रतिनिधित्व गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले तरुणको विचार पार्टीको कार्यदिशा गर्नुपर्ने बताउनुभयो । प्रतिगामीसित लड्न सक्ने क्षमता तरुणसित मात्र भएको उल्लेख गर्दै उहाँले कांग्रेसलाई पुरानै अवस्थामा फर्काउनका लागि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । तरुणले नै पार्टीलाई ऊर्जा दिने बताउँदै सङ्ग्रौलाले कांग्रेसको वर्तमान तरुण नै भएको सुनाउनुभयो । 

तरुण युवा पार्टीको मात्रै नभई मुलुकको सम्पत्ति भएको तर उनीहरूलाई अहिलेसम्म महत्वपूर्ण जिम्मेवारी दिन नसकेकामा नेता सङ्ग्रौलाले आपत्ति व्यक्त गर्नुभयो । कांग्रेसको वैचारिक शक्ति तरुण युवा भएकाले उनीहरूलाई क्रियाशील बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । विभिन्न चुनौतीका बीच तरुणलाई अघि बढ्न सल्लाह दिँदै उहाँले उनीहरूका सामु थुप्रै अवसरसमेत रहेको बताउनुभयो । पार्टीको १४औँ महाधिवेशनको सफलता तरुणसित जोडिएको सुनाउँदै डा सङ्ग्रौलाले अहिलेको अवस्थामा दुविधामा नबस्न देशभरका तरुण युवालाई सुझाव दिनुभयो ।

कार्यक्रममा तरुण विभागका सचिव श्याम श्रेष्ठ, विभागका विभिन्न तहमा कार्यरत पासाङ नोर्वु शेर्पा, सुनिलबाबु खाती, सरस्वती शाह, राजेशकुमार शाही, नन्दबहादुर विष्ट, हरिहर काफ्ले, रामशरण घिमिरेलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूलाई खादा ओढाएर सम्मान गरिएको थियो ।