२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक एक दशमलव ६७ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७० बराबरमा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ७४ ले ओरालो लागेर तीन सय ८३ दशमलव २० मा सीमित भएको छ । कूल दुई सय १९ कम्पनीको १८ लाख एक हजार दुई सय ७३ कित्ता शेयर रु ६९ करोड ८८ लाख पाँच हजार नौ सय ५१ बराबरको कारोबार भयो ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये शुक्रबार तीन कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने १० उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । जलविद्युत् शुन्य दशमलब ९४, अन्य सात दशमलव २५ र लघुवित्त शुन्य दशमलव ४७ अङ्कले उकालो लागेको छ ।

यस्तै, बैंकिङ एक दशमलव ७६, व्यापार शुन्य दशमलव ४४, होटल तथा पर्यटन सात दशमलव ५९, विकास बैंक नौ दशमलव ६४, वित्त पाँच दशमलव एक, निर्जीवन बीमा ३१ दशमलव शुन्य एक, उत्पादन २२ दशमलव ९३, जीवन बीमा पाँच दशमलव ६८, सामूहिक लगानी कोष शुन्य दशमलव शुन्य दुई र लगानी शुन्य दशमलव १६ अङ्कले ओरालो लागेको छ ।

नेप्सेका अनुसार शुक्रबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब २६ अर्ब ६४ करोड छ लाख २४ हजार तीन सय ५८ बराबर रहेको छ । कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड चार लाख ९८ हजार आठ सय ४८ बराबरको कारोबार भयो ।

यस्तै, नबिल बैंक रु चार करोड ३७ लाख तीन हजार तीन सय आठ, अरुण काबेली पावर रु दुई करोड ४६ लाख ७९ हजार पाँच सय ७२, रिडी पावर कम्पनी रु दुई करोड २६ लाख १७ हजार सात सय १४ र शिवम् सिमेन्ट रु दुई करोड २० लाख ९७ हजार पाँच सय १६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सर्पोट माइक्रोफाइनान्स नौ सय दशमलव ८०, रुरु जलविद्युत् परियोजना नौ दशमलव ६७, सामुदायिक लघुवित्त सात दशमलव ६१, मानुषी लघुवित्त चार दशमलव २०, अप्पर हेवा खोला हाइड्रोपावरका लगानीकर्ताले दुई दशमलव ८३ प्रतिशतले कमाएका छन् ।

सिद्धार्थ इन्भेस्ट ग्रोथ स्किम दोस्रो छ दशमलव १६, बुद्धभूमि नेपाल हाइड्रोपावर चार दशमलव १०, सप्तकोशी डेभलपमेन्ट बैंक तीन दशमलव ९६, माहुली लघुवित्त तीन दशमलव ९५ र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले तीन दशमलव ८९ प्रतिशतले गुमाएका छन् ।