२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक एक दशमलव ६७ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७० बराबरमा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ७४ ले ओरालो लागेर तीन सय ८३ दशमलव २० मा सीमित भएको छ । कूल दुई सय १९ कम्पनीको १८ लाख एक हजार दुई सय ७३ कित्ता शेयर रु ६९ करोड ८८ लाख पाँच हजार नौ सय ५१ बराबरको कारोबार भयो ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये शुक्रबार तीन कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने १० उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । जलविद्युत् शुन्य दशमलब ९४, अन्य सात दशमलव २५ र लघुवित्त शुन्य दशमलव ४७ अङ्कले उकालो लागेको छ ।

यस्तै, बैंकिङ एक दशमलव ७६, व्यापार शुन्य दशमलव ४४, होटल तथा पर्यटन सात दशमलव ५९, विकास बैंक नौ दशमलव ६४, वित्त पाँच दशमलव एक, निर्जीवन बीमा ३१ दशमलव शुन्य एक, उत्पादन २२ दशमलव ९३, जीवन बीमा पाँच दशमलव ६८, सामूहिक लगानी कोष शुन्य दशमलव शुन्य दुई र लगानी शुन्य दशमलव १६ अङ्कले ओरालो लागेको छ ।

नेप्सेका अनुसार शुक्रबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब २६ अर्ब ६४ करोड छ लाख २४ हजार तीन सय ५८ बराबर रहेको छ । कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड चार लाख ९८ हजार आठ सय ४८ बराबरको कारोबार भयो ।

यस्तै, नबिल बैंक रु चार करोड ३७ लाख तीन हजार तीन सय आठ, अरुण काबेली पावर रु दुई करोड ४६ लाख ७९ हजार पाँच सय ७२, रिडी पावर कम्पनी रु दुई करोड २६ लाख १७ हजार सात सय १४ र शिवम् सिमेन्ट रु दुई करोड २० लाख ९७ हजार पाँच सय १६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सर्पोट माइक्रोफाइनान्स नौ सय दशमलव ८०, रुरु जलविद्युत् परियोजना नौ दशमलव ६७, सामुदायिक लघुवित्त सात दशमलव ६१, मानुषी लघुवित्त चार दशमलव २०, अप्पर हेवा खोला हाइड्रोपावरका लगानीकर्ताले दुई दशमलव ८३ प्रतिशतले कमाएका छन् ।

सिद्धार्थ इन्भेस्ट ग्रोथ स्किम दोस्रो छ दशमलव १६, बुद्धभूमि नेपाल हाइड्रोपावर चार दशमलव १०, सप्तकोशी डेभलपमेन्ट बैंक तीन दशमलव ९६, माहुली लघुवित्त तीन दशमलव ९५ र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले तीन दशमलव ८९ प्रतिशतले गुमाएका छन् ।