२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प

एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प
अ अ+ अ-

हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा एक हप्तादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । 

छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकाको सोरुकोटमा रहेको वल्र्डलिङ्कको टावरमा खराबी आउँदा अदानचुलीमा हप्ता दिनदेखि इन्टरनेट अवरुद्ध भएको हो । टावरमा खराबी आएर हप्ता दिनदेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यस क्षेत्रका बैंक तथा वित्तीय संस्था, स्वास्थ्य संस्था, सामुदायिक विद्यालय, गाउँपालिका र प्रत्येक वडा कार्यालयमा काम गर्न थप समस्या बनाएको छ ।

वडा नं १ ले लाभग्राहीले पाउने सामाजिक सुरक्षा भत्ता बैंक खातामार्फत कारोवार थाले पनि इन्टरनेट बैंकमा नहुँदा दिनहुँ भत्ता बुझ्न आउने लाभान्वित व्यक्तिलाई भुक्तानी दिन नसकेको ग्लोबल आइएमई बैंकका प्रबन्धक रमेशबहादुर रावलले जानकारी दिनुभयो । बैंकमा रहेको भिस्याड सेवाले समेत काम नगर्दा काम गर्न थप समस्या बनाएको उहाँले गुनासो गर्नुभयो । भत्ता पाउने लाभग्राहीको रकम उनीहरूको बैंक खातामा जम्मा भएको भए पनि इन्टरनेट नहुँदा रित्तो हात फिर्ता हुने गरेको र दैनिक नागरिकले सास्ती खेप्नुपरेको प्रबन्धक रावलले बताउनुभयो ।

गाउँपालिकामा सञ्चारको माध्यामका रूपमा रहेको ग्रामीण रेडियो श्रीनगरलाई समेत इन्टरनेट नहुँदा समाचार सम्प्रेषणमा थप समस्या बनाएको रेडियोका स्टेशन म्यानेजर कालीबहादुर थापाले बताउनुभयो । आफूले अन्य राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने गरेको भए पनि हप्ता दिनदेखि इन्टरनेट सेवा नहुँदा जिल्लामा भएका समाचार सम्प्रेषण गर्न नसकेको बताउनुभयो ।

इन्टरनेटबाट हुने वडाको सम्पूर्ण कामसमेत प्रभावित भएको वडा नं ३ का कम्प्युटर अप्रेटर राजु पार्कीले गुनासो गर्नुभयो । इन्टरनेट नहुँदा इमेल, फ्याक्सबाट हुने सम्पूर्ण काम रोकिएको उहाँले बताउनुभयो । यस्तै यस क्षेत्रमा रहेका स्वास्थ्य संस्था र सामुदायिक विद्यालयमा समेत काम गर्न समस्या बनाएको जानकारी प्राप्त भएको छ ।

हप्ता दिनदेखि काम गर्न छाडेको वल्र्डलिङ्क मर्मतका लागि कर्मचारी पठाउन आग्रह गर्दा प्राविधिकको अभाव भएको भन्दै केही दिनपछि मात्रै मर्मतका लागि सोरु पठाउने जानकारी वल्र्डलिङ्कले दिएको छ । यस्तै जिल्लाको सिमकोट गाउँपालिका–७ चौगनफयामा नमस्ते टेलिफोन सेवाले राम्रोसँग काम नगरेको नागरिकले गुनासो गरेका छन् । जिल्ला बाहिर रहेका आफन्त तथा जिल्लामै एकअर्कासँग टेलिफोनमा कुरा गर्न खोज्दा राम्रोसँग काम नगरेको बताइएको छ ।