२७ भाद्र २०८३, शनिबार
,
Latest
युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारीले नेकपा समाजवादी पार्टीको साधारण सदस्य बन्न नपाउने



अ+ अ-

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) पार्टीको साधारण सदस्य बन्न १८ वर्ष पुगेको हुनेपर्ने भएको छ । 

पार्टीले तयार गरेको अन्तरिम विधानमा १८ वर्ष पुरा भएका नेपाली नागरिकमात्रै साधारण सदस्य बन्न पाउने उल्लेख गरिएको छ ।  

अन्तरिम विधानमा भ्रष्टाचार, जबरजस्तीकरणी, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय नपाएकालाई साधारण सदस्य बनाइने कुरा उल्लेख गरिएको छ ।

यसैगरी सरकारी कर्मचारीलाई पनि सदस्य बनाउने नीति नयाँ पार्टीले लिएको छ भने नैतिक र स्वच्छ चरित्र भएको, मानसिक सन्तुलन नगुमेको,पार्टीको विधान र नियमावली मान्न तयार, जिम्मेवारी पुरा गर्न तत्परलाई सदस्यता प्रदान गरिनेछ । 

उत्पादनमुलक श्रममा संलग्न हुन र सामाजिक आर्थिक रुपान्तरणमा क्रियाशील हुन तत्परका साथै समाजमा रहेका अवैज्ञानिक धारणा तथा अन्धविश्वासबाट सिर्जित समस्या हटाउन तत्काल व्यक्तिलाई साधारण सदस्य बनाइने विधानमा उल्लेख छ ।