२७ भाद्र २०८३, शनिबार
,
Latest
युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा विपरित धुव्रका दुई धार सँगसँगै जान सक्दैनन : खिमलाल देवकोटा



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता खिमलाल देवकोटाले अब प्रतिनिधि सभा पुर्नस्थापनालाई दुर्भाग्य भन्ने र ऐतिहासिक उपलव्धि ठान्नेकाबीचको मिलनविन्दु कसरी र कहाँनेर हुन्छ  भन्दै प्रश्न गरेका छन् । 

मंगलबार सामाजिक सञ्जालमार्फत देवकोटाले सो कुरन उल्लेख गरेका हुन् ।  

देवकोटाले अब प्रतिनिधि सभा पुर्नस्थापनालाई दुर्भाग्य भन्ने र ऐतिहासिक उपलव्धि ठान्नेकाबीचको मिलनविन्दु कसरी र कहाँनेर हुन्छ ?  भनेर प्रश्न गरेका छन् । 

उनले लेखेका छन्-  'नेकपा एमालेले प्रतिनिधि सभा पुर्नस्थापनालाई दूर्भाग्य भनेको र यसको देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेको छ । भिम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतका तेस्रो धारका नेताले प्रतिनिधि सभा पुर्नस्थापनालाई महान र ऐतिहासिक भनेका छन । प्रतिनिधि सभा विघटन जालसाँझ र अपराध थियो भन्ने धारणा समेत उनीहरुको थियो र छ ।  अब प्रतिनिधि सभा पुर्नस्थापनालाई दुर्भाग्य भन्ने र ऐतिहासिक उपलव्धि ठान्नेका बीचको मिलनविन्दु कसरी र कहाँनेर हुन्छ ? विपरित धुव्रका यी दुई धार सँगसँगै जान सक्लान ? निश्चित छ । सक्दैनन । ऐतिहासिक उपलव्धि ठान्नेले ऐतिहासिक भूल भयो भन्नैपर्दछ । असहमतिका अरु पनि प्रशस्तै मुद्धाहरु छन । पहिला विचारमा सहमतिरएकरुपता नभएसम्म भागवण्डामा रमाउनुरमिलाउनु को कुनै अर्थ छैन । घनश्याम भुसालका विचारका सारका आधारमा नै भन्ने हो भने तेस्रो धारका नेता र कार्यकर्ताहरुलाई अव दास बन्नुको विकल्प छैन । मैले देख्दिन । सामूहिक नेतृत्व प्रणालीबाट एकल नेतृत्व जस्तो संविधानको भावना विपरितको निरंकुशतातर्फ उन्मुख हुने निर्णयलेनै सन्देश दिइसकेको छ । अब तिमीहरु सबै मेरै वरिपरी घुम्ने हो । पूजापाठ गर्ने हो । राममन्दिर बनाउने हो ।'