२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिडिया काउन्सिल विधेयक संसद्मा पेस, पत्रकार तथा प्रकाशकलाई १० लाखसम्म जरिवाना गर्ने अधिकार (पूर्णपाठसहित)



अ+ अ-

काठमाडौँ । सरकारले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा मिडिया काउन्सिल विधेयक पेस गरेको छ । विधेयकमा पत्रकार तथा प्रकाशकलाई जरिवाना गर्नेसम्मको अधिकारको व्यवस्था गरिएको छ ।

आचारसंहिताविपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेर कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुर्‍याएको देखिएमा त्यस्ता सञ्चारमाध्यम वा पत्रकार तथा प्रकाशकलाई सरकारले १० लाख रूपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था विधेयकमा छ ।

विधेयकको दफा १८मा कसैले उजुरी दिएमा जाँचबुझ गर्ने र त्यसबाट मर्यादामा आँच पुगेको देखिएमा मिडिया काउन्सिलले सञ्चामाध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई २५ हजारदेखि १० लाख रूपैयाँसम्म जरिबाना गर्न सक्ने उल्लेख छ ।

काउन्सिलले जारी गरेको आचारसंहिताविपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेको कारणबाट कुनै व्यक्ति वा संस्थालाई क्षति पुगेको भएमा क्षति पुगेको व्यक्ति वा संस्थालाई काउन्सिलले क्षतिपूर्ति भराइदिन सक्ने व्यवस्था संसद्मा प्रस्तुत विधेयकमा उल्लेख छ ।

सरकारले प्रेस काउन्सिललाई विस्थापन गर्न खोजेको छ । प्रेस काउन्सिलको स्थानमा मिडिया काउन्सिल गठन गर्न सरकारले हतारमा विधेयक पेस गरेको छ । यसअघि प्रेस काउन्सिललाई जरिवाना गर्ने अधिकार थिएन ।

सोही विधेयकलाई तत्कालीन नेकपा (एमाले) नेतृत्वको सरकारका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले संसद्मा पेस गर्दा कांग्रेसले अधिनायकवादको अभ्यास हुन लागेको भन्दै विरोध गरेको थियो । विरोधपछि सो विधेयक सरकारले फिर्ता लिएको थियो ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/09/Media-council-bill.pdf”]




भर्खरै