२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा निषेधाज्ञा थप्न प्रजिअको संयुक्त बैठक बस्दै



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ । पछिल्लो सय उपत्यकामा कोरोना संक्रमण बढेसंगै जारि निषेधाज्ञाको अवधि थप गर्न मंगलबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्ने भएको हो । 

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर संक्रमण अझै नघटेकाले कसरी अघि बढ्ने भन्ने निर्णय लिने हुने भएको छ । यसअघि घोषित निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदै छ।

चाडपर्वको समय भएकाले भीडभाड बढ्ने र त्यसले संक्रमण झनै बढाउने भएकाले निषेधाज्ञा परिमार्जित गरेर थप गरिने भएको छ । परिष्कृत खालको निषेधाज्ञाको मोडालिटी आवश्यक्ता रहेकाले आजको बैठकले निर्णय गर्ने ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।