२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हितेन्द्रको रिट प्रधानन्यायाधीश राणाको बेञ्चमा सुनुवाई हुँदै



अ+ अ-

काठमाडौ ।  नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट गैर कानूनी रुपमा हटाइएको दाबी गर्दै निवर्तमान निर्देशक हितेन्द्रदेव शाक्यले सर्वाेच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको ईजलासमा रिट माथि सुनुवाई हुन लागेको हो ।

आफू पदमा बहाल रहेकै अवस्थामा सरकारले कुलमान घिसिङ्गलाई कार्यकारी निर्देशकमा गरेको नियुक्ति कानूनविपरीत भएको भन्दै शाक्यले रिट दायर गर्नु भएको थियो । उहाँले सरकारले आफूलाई चार वर्षका लागि नियुक्त गरेको तर सेवा अवधि पुरा हुनु अगावै गैरकानूनी रुपमा हटाइएको दाबी गर्नु भएको छ ।  उहाँले अन्तरिम आदेश मार्फत सरकारको निर्णय रोक्न पनि माग गर्नु भएको छ ।

सरकारले शाक्यलाई प्राधिकरणबाट हटाइ नेपाल सरकारकाे सचिव सरहकाे सुविधा प्राप्त गर्नेगरी जल तथा ऊर्जा आयोगको विज्ञ सदस्यमा नियुक्त गरेकाे थियाे ।