२७ भाद्र २०८३, शनिबार
,
Latest
युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

हितेन्द्रको रिट प्रधानन्यायाधीश राणाको बेञ्चमा सुनुवाई हुँदै



अ+ अ-

काठमाडौ ।  नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट गैर कानूनी रुपमा हटाइएको दाबी गर्दै निवर्तमान निर्देशक हितेन्द्रदेव शाक्यले सर्वाेच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको ईजलासमा रिट माथि सुनुवाई हुन लागेको हो ।

आफू पदमा बहाल रहेकै अवस्थामा सरकारले कुलमान घिसिङ्गलाई कार्यकारी निर्देशकमा गरेको नियुक्ति कानूनविपरीत भएको भन्दै शाक्यले रिट दायर गर्नु भएको थियो । उहाँले सरकारले आफूलाई चार वर्षका लागि नियुक्त गरेको तर सेवा अवधि पुरा हुनु अगावै गैरकानूनी रुपमा हटाइएको दाबी गर्नु भएको छ ।  उहाँले अन्तरिम आदेश मार्फत सरकारको निर्णय रोक्न पनि माग गर्नु भएको छ ।

सरकारले शाक्यलाई प्राधिकरणबाट हटाइ नेपाल सरकारकाे सचिव सरहकाे सुविधा प्राप्त गर्नेगरी जल तथा ऊर्जा आयोगको विज्ञ सदस्यमा नियुक्त गरेकाे थियाे ।