काठमाडौ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट गैर कानूनी रुपमा हटाइएको दाबी गर्दै निवर्तमान निर्देशक हितेन्द्रदेव शाक्यले सर्वाेच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको ईजलासमा रिट माथि सुनुवाई हुन लागेको हो ।
आफू पदमा बहाल रहेकै अवस्थामा सरकारले कुलमान घिसिङ्गलाई कार्यकारी निर्देशकमा गरेको नियुक्ति कानूनविपरीत भएको भन्दै शाक्यले रिट दायर गर्नु भएको थियो । उहाँले सरकारले आफूलाई चार वर्षका लागि नियुक्त गरेको तर सेवा अवधि पुरा हुनु अगावै गैरकानूनी रुपमा हटाइएको दाबी गर्नु भएको छ । उहाँले अन्तरिम आदेश मार्फत सरकारको निर्णय रोक्न पनि माग गर्नु भएको छ ।
सरकारले शाक्यलाई प्राधिकरणबाट हटाइ नेपाल सरकारकाे सचिव सरहकाे सुविधा प्राप्त गर्नेगरी जल तथा ऊर्जा आयोगको विज्ञ सदस्यमा नियुक्त गरेकाे थियाे ।