४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट

कोरोना महामारीपछि नेपाल–थाइल्याण्ड सम्बन्ध विस्तारका आयाम

कोरोना महामारीपछि नेपाल–थाइल्याण्ड सम्बन्ध विस्तारका आयाम
गणेशप्रसाद ढकाल थाइल्याण्डका लागि नेपालका राजदूत
अ+ अ-

बैंकक । विश्वव्यापी कोरोना सङ्क्रमणपछि विकसित विश्व परिवेशमा नेपाल र थाइल्याण्डबीचको बहुआयमिक सम्बन्धलाई नयाँ ढङ्गबाट थप सुदृढ तुल्याउन दुवै मुलुकबीच सरकार र जनस्तरबाट पहल थालनी भएको छ । नेपाल र थाइल्याडबीच ३० नोभेम्बर १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना हुनुअघिदेखि रहँदै आएको मैत्री सम्बन्धले आपसी सद्भाव, विश्वास र सहयोगका क्षेत्रलाई बढाउँदै लगेको छ ।

नेपालप्रति थाइल्याण्डको राजपरिवार, सरकार र जनताको उच्च सम्मान रहेको पाइन्छ भने नेपालले पनि थाइल्याण्डलाई जहिले पनि एक असल मित्र राष्ट्रकारुपमा मात्र नहेरी विपद्को समयमा मानवीय सहयोग गर्ने हितैसी राष्ट्रका रुपमा लिने गरिन्छ । कोभिडका समयमा जतिबेला नेपालमा अक्सिजनको अभावका कारण धेरैले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था थियो, त्यतिबेला अक्सिजन कन्टिनेटरलगायत विशेष जहाज चार्टड गरी थाइल्याण्डले विभिन्न स्वास्थ्य सामग्री पठाइएको थियो ।

त्यस्तै भूकम्पका बेलामा पनि थाई सरकार र जनताले खुल्ला ह्दयले गरेको सहयोग कसैले बिर्सन सक्दैन । विश्वव्यापी महामारीले दुई मित्रराष्ट्र नेपाल र थाइल्याण्डबीचको पर्यटन आदानप्रदानलाई प्रवद्र्धन गर्न सार्वजनिक तथा निजी क्षेत्रका सबै सरोकारवालालाई पर्यटन र लगानीका क्षेत्रमा पुनःरुत्थान तथा दिगो विकासका लागि हातेमालो गरेर अगाडि बढ्न नयाँ सम्भावनाको उजागर पनि गरेको छ । नेपालमा अहिले नै विभिन्न थाइ कम्पनीले पर्यटन, प्रविधिलगायतका क्षेत्रमा लगानी गरिरहेका छन् । संस्कृति, खानपिन, रहनसहनले पनि नेपाल थाइल्याण्डबीचको द्विपक्षीय दौत्य सम्बन्धलाई अझ सुदृढ तुल्याउन बल मिलेको छ । थाइल्याण्ड र नेपालमा हात जोडेर अभिवादन गर्ने समान परम्परा रहेको छ । थाइल्याण्ड नेपालको शैक्षिक गन्तव्यस्थल पनि हो । सन् १९६० मा एआइटीको स्थापना भएदेखि नेपाली विद्यार्थी छात्रवृत्तिमा यहाँ पढ्न आउने गरेका छन् । यहाँ रहेका नेपालीमध्ये झण्डै ४० प्रतिशत विद्यार्थी नै छन् ।

थाइल्याण्ड र नेपालबीचको सम्बन्धलाई कसिलो बनाउने मुख्य आधार भनेकै पर्यटन हो । नेपालले खासगरी सांस्कृतिक र साहसिक पर्यटनका क्षेत्रमा बढीभन्दा बढी थाई पर्यटकलाई भित्र्याउनसक्ने सम्भावना छ । थाइल्याण्ड नेपालमा सबैभन्दा बढी पर्यटक आउने प्रमुख १० देशमध्ये पर्दछ । सन् २०१९ मा ४१ हजार ६५३ जना थाई पर्यटकले नेपाल भ्रमण गरेका थिए । भिजिट नेपाल २०२० को निकै राम्रो प्रचार भएको थियो तर कोराना सङ्क्रमणले गर्दा परिणाम आउन सकेन । सन् २०२० को पहिलो तीन महिनामै २० हजारले नेपाल भ्रमण गरिसकेका थिए । यो सङ्ख्या एक लाख पुग्न गाह्रो थिएन । अहिले पनि हामीले निरन्तर प्रयास गरिरहेका छौँ ।

दुई मुलुकबीच बौद्ध धर्ममार्फत जोडिएका सांस्कृतिक एवं जनस्तरका सम्बन्धलाई थप प्रगाढ बनाउन दुवैतर्फ रहेका बौद्ध तीर्थस्थलमा पर्यटक आवागमनलाई बढावा दिन आवश्यक छ । तीर्थयात्री र अन्य आगन्तुकका लागि बौद्ध धर्मका आध्यात्मिक पक्षको सारको आनन्द लिनका लागि लुम्बिनी पर्यटकीय र सांस्कृतिक केन्द्रका रूपमा केन्द्रित विकासको एक थलो पनि हुन सक्छ । आज विश्वका झण्डै ९७ प्रतिशत बौद्ध जनसङ्ख्या एशियाली महादेशमा बसोबास गर्दछन् । भूटान, कम्बोडिया, जापान, म्यानमार, नेपाल, श्रीलङ्का, थाइल्याण्ड, आदि जस्ता धेरै देशले बुद्ध धर्मलाई आफ्नो राष्ट्रिय मूल्य र पहिचानको अन्तर्निहित मान्छन् । थाइल्याण्डका लागि नेपाली राजदूतले सिङ्गापुर, लाओस, भियतनाम, कम्बोडियासमेत हेर्नुपर्ने हुँदा ती देशका खासगरी बौद्ध धर्मावलम्बीलाई लक्षित गरी कूटनीतिक माध्यमबाट पर्यटन प्रवद्र्धनमा जोड दिने काम भएको छ ।

लुम्बिनी र पोखरालाई धार्मिक र साहसिक पर्यटकका रुपमा विकास गर्न सकिने सम्भावना छ । यी दुवै ठाउँमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएका छन् । गौतमबुद्ध विमानस्थल निर्माण भइसकेपछि हामीले यहाँबाट धेरै पर्यटक भित्र्याउन सक्छौँ । थाइल्याण्ड र भैरहवा विमानस्थलबीच सिधा हवाई सम्बन्ध जोड्न सकिए नेपालमा थाई पर्यटकको आगमन बढाउन सकिन्छ । स्माइल थाई एयरलाइन्ससँग थप उडानका लागि कुराकानी भएको छ । उसले चासो दिएको पनि छ । यसले व्यापारिक हिसाबले अध्ययन गरिरहेको होला । सन् १९६८ देखि थाई एयरवेज इन्टरनेशनलले सेवा प्रदान गरेको रुटमा पुनः हवाई सेवा सञ्चालन गर्दै यसले नेपाल र थाइल्याण्डको सम्बन्ध अझ नजिक बनाएको छ भने नेपाल वायुसेवा निगमले पनि उडान भरेको छ । थाइल्याण्डबाट आउने र नेपालबाट थाइल्याण्ड जाने पर्यटकको सङ्ख्या बढिरहेका सन्दर्भमा आपसी सहकार्य गर्नसके दुवै देशको पर्यटन प्रवद्र्धन गर्न सघाउ पुग्ने देखिन्छ ।

थाइल्याण्डलाई लुम्बिनीसँग जोड्न सकिएमा यो हाम्रा लागि ठूलो उपलब्धि हुनेछ । थाइल्याण्डका अधिकांश जनता बौद्धमार्गी भएकाले तिनलाई लक्षित गरी उडान गर्न सकिएमा एक/दुई वर्षभित्र पर्यटकको सङ्ख्या बढाउन कुनै समस्या नहोला । बुद्ध जन्मस्थल लुम्बिनीमा वार्षिक करिब तीन हजार थाई पर्यटकले भ्रमण गर्ने गरेका छन् । पर्यटकलाई बुद्धबारे जान्ने बुझ्ने र बसाई अवधि लम्ब्याउन पनि सहयोग पुग्नेछ । लुम्बिनीसँगै कपिलवस्तु र रामग्रामलाई जोडेर बुद्ध सर्किटको अवधारणाअनुरुप बुद्धसँग जोडिएका अन्य स्थानमा समेत थाइ पर्यटकलाई लैजाने गरी ती क्षेत्रको विकासमा ध्यान दिनसकेमा नेपालले थाइल्याण्डले जत्तिकै पर्यटनबाट लाभ लिन सक्छ । नेपाल गौतमबुद्धको जन्मस्थल रहेको र थाइल्याण्ड बौद्धमार्गी देश भएकाले नेपाल थाइल्याण्डको लागि धार्मिक पर्यटनको मुख्य गन्तव्यस्थल बन्न सक्छ । त्यसैले गौतमबुद्धको जन्मभूमि लुम्बिनी थाइल्याण्डका नागरिकका लागि प्रमुख तीर्थस्थल हो भन्ने कुरा प्रचारप्रसार गराउन जरुरी छ ।

पोखरा पनि अर्को गन्तव्यस्थल बन्न सक्छ । थाइल्याण्डका कतिपय युवा साहसिक पर्यटनका पारखी भएकाले उनीहरुलाई पोखरासँग जोड्न सकिन्छ । प्याकेज टुरमा जोड दिनुपर्छ । थाइल्याण्डका जनता समूहमा भ्रमण गर्न रुचाउँछन् । नेपालका सांस्कृतिक सम्पदा हेर्न जान खोज्ने पर्यटक पनि यहाँ उत्तिकै रहेका छन् । नब्बे प्रतिशत बौद्ध धर्मावलम्बी जनसङ्ख्या रहेको थाइल्याण्डका जनताले बुद्धको पूजा गर्दासमेत ब्राह्मणबाट गणेश, शिव र विष्णुको पूजा गर्ने चलन रहेको पाइन्छ ।

थाइल्याण्ड र नेपालबीचको राजनीति एवं जनस्तरको सम्बन्ध मजबुत छ तर व्यापारिक सम्बन्ध भने अझै विस्तार हुन सकेको छैन । दुई देशबीच व्यापार घाटा उच्च रहेको छ । नेपालबाट यहाँ आयात निकै न्यून छ तर निर्यात बढी भएकाले बर्सेनि व्यापार घाटा बढ्दो छ । आसिआनका राष्ट्रबीच खुला व्यापार सम्झौता भएका कारण नेपाली उत्पादनले यहाँ प्रतिस्पर्धा गर्न गाह्रो छ । नेपालले चियामा केही निर्यात गर्न सक्छ । यहाँ कफीको माग उच्च रहे पनि हामीले निर्यात गर्न अहिले नै सक्ने अवस्था छैन ।

थाइल्याण्ड व्यापारिक केन्द्र पनि हो । यसका लागि नेपाली व्यापारी पनि विभिन्न तहमा सम्पर्क र सम्बन्ध विस्तार गर्दै हुनुहुन्छ । हामीले यसका लागि सहजीकरण गरिदिएका छौँ । दुई देशको सम्बन्धलाई अझ सुमधुर बनाउनका लागि कृषि, पर्यटन, व्यपार तथा पूर्वाधारमा सँगै मिलेर काम गर्न सकिने प्रशस्त सम्भावना छ । लगानीमैत्री वातावरणसँगै सरल एवं सहज कानूनी प्रक्रियाबाटै विदेशी लगानी आकर्षित हुने भएकाले त्यस दिशामा हामीले ध्यान दिनु जरुरी छ । पर्यटनसँगै कृषि प्रविधि, प्रविधि हस्तान्तरणका माध्यमबाट थाइल्याण्डले नेपालको सामाजिक–आर्थिक उन्नयनमा सहयोग गर्दै आएको छ । त्यसैले हामीले पर्यटन र लगानीमा जोड दिनुपर्छ ।

कोभिड–१९ महामारीपछिको पर्यटन पुनःरुत्थान अभियानअन्तर्गत पाटा नेपालले विदेशी स्रोत बजारमा गएर पहिलो पर्यटन प्रर्वद्धन कार्यक्रम आयोजना गरेको थियो । हालै गैरआवासीय नेपाली सङ्घको एशिया प्रशान्त क्षेत्रीय भेला पनि बैंककमा सम्पन्न भएको छ । यस्ता कार्यक्रमले पनि नेपालकाबारेमा थाइल्याण्डका पर्यटकदेखि लगानीकर्तालाई नेपालबारे बुझ्न सहयोग पुगेको छ । थाइ जनता र नेपाली जनताबीच बढ्दै गएको सकारात्मक सम्बन्धलाई सम्मान गर्न र उक्त सम्बन्धलाई अझ प्रगाढ र दिगो बनाउनु नै हाम्रो कर्तव्य र जिम्मेवारी पनि हो ।

थाइल्याण्डमा नेपालको प्रवद्र्धन गर्न त्यहाँस्थित सञ्चारमाध्यम र नेपालमा थाइल्याण्डको प्रवद्र्धन गर्न नेपालका सञ्चार माध्यमहरुबीच सहकार्य गर्न दुवैतर्फबाट पहल आवश्यक छ । थाई ट्राभल एजेन्टस् तथा आगन्तुकलाई सहज भिसा सेवा, नेपाल भ्रमणका सम्बन्धमा जानकारी गराउने तथा अन्य आवश्यक सहयोग प्रदान गर्न नेपाली दूतावासले सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । दुवै देशका कूटनीतिक व्यक्तिहरुको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने र पर्यटनका राम्रा अभ्यास आदानप्रदान गर्न सकिने विषयमा छलफल भएको छ । भगवान् बुद्धको जन्मस्थल लुम्बिनी वरपर विकास भइरहेका पर्यटन पूर्वाधार र पर्यटकीय गतिविधिको सम्भावनालाई प्रकाश पार्दै थाइल्याण्ड–नेपाललाई बौद्ध पर्यटनका माध्यमबाट जोड्ने अवसरको खोजी गर्न ढिलाइ गर्नु हुँदैन । रासस