२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप क्रिकेट : श्रीलंकाद्वारा बंगलादेश पराजित, सुपर ४ मा छनौट



अ+ अ-

दुबईमा बिहीबार साँझ भएको एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा श्रीलंकाले बंगलादेशलाई दुई विकेटले पराजित गरेको छ ।

बंगलादेशले प्रस्तुत गरेको १८४ रनको लक्ष श्रीलंकाले चार बल बाँकी रहेको अवस्थामा आठ खेलाडी गुमाएर पूरा गरेको थियो । श्रीलंकाका लागि कुसल मेन्डिसले ६० र डासुन सानाकाले ४५ रनको आकर्षक पालि खेलेका थिए ।

यो जितसँगै श्रीलंका सुपर चारमा छनौट भएको छ ।

यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले सात विकेट गुमाएर १८३ रन बनाएको थियो । बंगलादेशका लागि मेहदी हसन मिराजले ३८, अफिफ हुसेनले ३९, महमुलाहले २७ रन बनाएका थिए ।

तर बंगलादेशका बलरहरुले अतिरिक्त रन धेरै दिएपछि श्रीलंकाले निर्धारित लक्ष सहजै पूरा गरेको थियो । बंगलादेशी खेलाडीले चार वटा नो–बल र ८ वटा वाइड फालेका थिए ।

समूह ख मा अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेका छन् । बंगलादेशले लगातार २ खेल हारेर अंक तालिकामा पुछारमा छ भने अफगानिस्तानले ४ र श्रीलंकाले २ अंक बटुलेको छ ।

समूह क मा भने भारत, पाकिस्तान र हङकङ रहेका छन् ।

भोलि हङकङ र पाकिस्तान बीच खेल हुनेछ । यस समूहमा भारतले ४ अंक बटुलेको छ भने हङकङ र पाकिस्तानले अंक पाएका छैनन् ।

एजेन्सी