२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा डडेल्धुरा र डा आरजु कैलाली ५ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फका लागि डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको छ ।

कांग्रेस डडेल्धुरा क्षेत्रीय समितिको सर्वसम्मत निर्णयबाट उहाँ आज प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको हो । यसैगरी क्षेत्रीय समितिले प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ (क) बाट कांग्रेस डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साउँद र (ख) बाट सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरालाई सिफारिस गरेको छ ।

यसैगरी  नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवा कैलाली जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ बाट पार्टीको उम्मेदवार सिफारिस हुुनुभएको छ ।

कांग्रेसको क्षेत्रीय कार्यसमितिको आज अपराह्न बसेको बैठकले डा राणालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको क्षेत्रीय सभापति भीम पडालले जानकारी दिनुभयो ।

यो क्षेत्रबाट युवा नेता क्षितिज भण्डारी पनि आकांक्षी रहेकामा उहाँको पक्षमा कार्यसमितिमा सहमति बन्न नसकेको पडालले बताउनुभयो । कांग्रेस नेत्री राणाले निर्वाचन क्षेत्र नं ५ बाट पाँच वर्षअघि भएको निर्वाचनमा समेत प्रतिनिधि सभासदस्य पदका लागि प्रतिस्पर्धा गर्नुभएको थियो ।

तत्कालीन नेकपा ९एमाले० का प्रत्यासी नारदमुनी रानासँग उहाँ झण्डै पाँच हजार मतान्तरले पराजित हुनुभएको थियो । राना नेकपा ९एमाले०को तर्फबाट आउने निर्वाचनमा पनि उम्मेदवार हुनुहुने सो पार्टीका युवा नेता चूडामणि भट्टले बताउनुभयो ।

निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा निर्वाचनमा कमलबहादुर शाह, मोहनसिं राठौर, हेमबहादुर रावल, धर्मराज न्यौपाने, टीका चौधरीसहित सात जनालाई सिफारिस गरिएको प्रदेश कार्यसमिति सभापति भीम जैशीले बताउनुभयो । यो क्षेत्रबाट एमालेका सूर्यबहादुर थापा, कमला ओली र झपट रावलमध्ये एक जनाले टिकट पाउने जनाइएको छ ।

यसअघिको निर्वाचनमा यो क्षेत्रबाट तत्कालीन नेकपा ९एमाले० का प्रत्यासी झपट रावलले कांग्रेसका प्रत्यासी मोहनसिंह राठौरलाई झण्डै दुई हजार मतान्तरले पराजित गर्नुभएको थियो ।

यस्तै कैलालीको निर्वाचन क्षेत्र नं ४ बाट कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, पूर्वकेन्द्रीय सदस्य नेता सुनिलकुमार भण्डारी, कांग्रेसका पूर्वजिल्ला उपसभापति प्रकाश बम, डा लक्ष्मीराज पाठक, टेकराज जोशीलगायतलाई सिफारिस गरिएको छ ।

यसअघिको निर्वाचनमा तत्कालीन नेकपा ९माओवादी केन्द्र० का प्रत्यासी लेखराज भट्टले कांग्रेसका प्रत्यासी सुनिलकुमार भण्डारीलाई झण्डै नौ हजार मतान्तरले पराजित गर्नुभएको थियो । भट्ट नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । रासस