११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

राष्ट्रियसभा बैठक: शुन्य समयमा कस्ले के भने त ?

राष्ट्रियसभा बैठक: शुन्य समयमा कस्ले के भने त ?
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहोराले तुलसीपुर–कपुरकोट सडकखण्ड निर्माणमा लापरबाही भएको  भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य बोहोराले तुलसीपुरदेखि कपुरकोटसम्मको सडकखण्ड निर्माणमा सडक डिभिजन कार्यालय दाङ र ठेकेदारले लापरबाही गरेको बताउनु भयो । उहाँले सो सडकखण्डमा मिलेमतो गरी भ्रष्टाचार भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले मधेशमा सिंचाई र मलको अभावका कारण खेतियोग्य जमिन बाँझो रहेको बताउनु भयो । उहाँले यसको समाधानका लागि बहुउद्देश्यीय पहाड–मधेस सिंचाई आयोजना कार्यान्वयनमा ल्याउनुपर्ने बताउनु भयो । मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण पनि गराउनु भयो ।

राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले अघोषित रुपमा लोडसेडिङ हुन थालेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले डेंगुको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले सहकारीहरुले जनताको रकम लिएर फरार हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

राष्ट्रिय सभा सदस्य मदनकुमारी साह गरिमाले कैलाली जिल्लामा रहेको पथ्रैया, मोहना, काँडा, कान्द्रा र कर्णाली नदी तटिय क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्र घोषणा गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘नेपालको कैलाली जिल्लाका नदिहरुमा डल्फिन वर्षायाममा देख्न पाइन्छ । तर अहिलेसम्म राज्यको त्यतातर्फ ध्यान नगइरहेको अवस्थामा म कैलाली क्षेत्रको दक्षिणपूर्वी क्षेत्र टिकापुर र भजनी नगरपालिकामा रहेका पथ्रैया, मोहना, काँडा, कान्द्रा र कर्णाली नदी तटिय क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्र घोषणा गरियोस् भनि सम्बन्धित मन्त्रालयसँग माग गर्दछु ।’

राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले गत वर्ष सुख्खाग्रसित किसानले पाउने भनिएको राहत रकम सिरहा नगरपालिकाका किसानहरुले हालसम्म नपाएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नुभयो – ‘गतवर्ष सुख्खाबाट ग्रसित किसानहरुलाई सरकारले क्षतिपूर्ति वा राहतस्वरुप केही रकम प्रदान गर्ने निर्णय गरेको थियो । अधिकांशले पायो पनि । तर सिरहा नगरपालिकाका दर्जनौँ किसानहरुले हालसम्म यो राहत रकम पाएको छैन । त्यसतर्फ म सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।’

राष्ट्रिय सभा सदस्य सुरेशकुमार आले मगरले काठमाडौंमा डेंगुको प्रकोप फैलिएको भन्दै यसलाई गम्भिर रुपमा लिएर रोकथामको लागि पर्याप्त तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले आगामी निर्वाचनमा महिलाहरुलाई धेरै भन्दा धेरै प्रत्यक्षतर्फ निर्वाचित गराउनुपर्ने बताउनु भयो । उहाँले बुटवल–काठमाडौंको सडकको दुर्दशा रहेको भन्दै यसको निर्माणको निम्ति सरकारको ध्यानाकर्षण गराउनु भयो ।