६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

निकुञ्जको मुख्यालय अगाडि नै मापदण्डविपरीत तारे होटल

निकुञ्जको मुख्यालय अगाडि नै मापदण्डविपरीत तारे होटल
अ+ अ-

चितवन । भरतपुरको पटिहानीमा सञ्चालनको तयारीमा रहेको सोल्टी वेस्ट इण्ड रिसोर्टले मापदण्डविपरीत संरचना निर्माण गरेको पाइएको छ ।

मध्यवर्ती क्षेत्रमा उद्योग स्थापनासम्बन्धी मापदण्डविपरीत होटलका संरचना निर्माण भएका हुन् ।मापदण्डमा मध्यवर्ती क्षेत्रमा निर्माण हुने होटल दुई तलाभन्दा अग्लो बनाउन नपाइने र वातावरण सुहाउँदो हुनुपर्छ तर कङ्क्रिटको यो होटल तीनतले छ । रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रालिले यो होटल व्यवस्थापनको जिम्मा सोल्टी समूहलाई दिएको छ ।

रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका अनुसार होटल रु एक अर्बको लगानीमा निर्माण गरिएको हो । भरतपुर महानगरपालिका–२२ स्थित राप्ती किनारमा निर्माण गरिएको होटल वातावरणीय प्रभाव मूल्याङ्कन गरेर निर्माण गरिएको उहाँको जिकिर थियोे ।

मध्यवर्ती क्षेत्रमा पर्यावरणलाई ध्यान दिएर संरचना बनाउनुपर्ने वातावरण संरक्षणकर्मीले बताए । वडाध्यक्ष विष्णु महतोले निर्माणकै क्रममा भरतपुर महानगरपालिकामा छलफल हुँदा आफूले यसखालको होटल त्यो ठाउँमा बनाउन नहुने तर्क प्रस्तुत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले त्यतिबेला नै माटो सुहाउँदो होटल बनाउनुपर्छ भनेको थिएँ ।” दोस्रो कार्यकाल पनि वडाध्यक्ष हुनुभएका उहाँले निकुञ्जको छेउमा बन्ने होटल मौलिकता झल्कने भिल्लाको स्वरुपमा बनाउन सोही बखत सुझाव दिइएको बताउनुभयो ।

जिल्लाका लब्धप्रतिष्ठित व्यावसायिक व्यक्तित्वको लगानी रहेको होटलको नक्सापास गर्दा आफूले परिवर्तन गर्न आग्रह गरेको भए पनि सञ्चालकहरूले अटेर गरेको उहाँको भनाइ थियो । पछिल्लो समय वडाध्यक्ष महतो पनि होटलको शेयरधनी हुनुभएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले मध्यवर्तीमा होटलको संरचना मापदण्डविपरीत बनाउन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “मापदण्डविपरीत भएमा निकुञ्जले कारबाही प्रक्रिया अघि बढाउँछ ।”

मापदण्ड बनेपछि यससँगै अन्य होटलले कानुन उल्लङ्घन गर्दै संरचना निर्माण गरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले मापदण्ड मिचिएको देखिएपछि अध्ययन गर्ने तयारी भइरहेको बताउनुभयो ।

निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले आफ्नो पालामा वातावरण प्रभाव मूल्याङ्कनका लागि सो होटलका सञ्चालकले अनुमति लिन आए पनि मापदण्डविपरीत भएकाले आफूले नदिएको बताउनुभयो । आफू बर्दिया राष्ट्रिय निकुञ्जमा हुँदा एक तला भत्काउन लगाएको भन्दै उहाँले निकुञ्जले मापदण्ड पालना नगर्नेलाई कारबाही गर्न सक्ने बताउनुभयो । पाँचतारे सुविधा दिने गरी यो रिसोर्ट नेपालका २३ जना व्यवसायीको लगानीमा निर्माण गरिएको हो ।