• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ

सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा



फाईल फोटो

काठमाडौँ । आसन्न निर्वाचनमा सिट बाँडफाँटबारे सहमति जुटाउन सत्ता गठबन्धन दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुबीच बिहीबार बिहान ११ बजे छलफल सुरु भएको हो ।

छलफल आगामी निर्वाचनमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्दा कुन दलले कति सिट लिने र तालमेल गर्ने भन्ने विषयमा केन्द्रित रहेको छ । सत्ता गठबन्धनमा संलग्न पाँचवटै दलका नेताहरु सम्मिलित कार्यदलले मुलुकभरका निर्वाचन क्षेत्र र निर्वाचनको हिसाब अध्ययन गरी शीर्ष नेताहरुमाझा आफ्नो प्रतिवेदन प्रस्तुत गरिसकेको छ ।

शीर्ष नेताहरुले अब २०७४ सालको निर्वाचन र २०७९ को स्थानीय तहको निर्वाचनको परिणामका आधारमा सिट बाँडफाँट गर्ने तयारी रहेको बताइएको छ । बुधबार साँझ पनि बालुवाटारमा कार्यदलका सदस्यहरुको बैठक बसेको भए पनि निष्कर्ष निस्कन सकेको थिएन ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलसहित ती दलका शीर्ष नेताहरू र सिट बाँटफाँट कार्यदलका सदस्यहरूसमेत सहभागी छन् ।