• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

प्रतिनिधिसभा निर्वाचन रुपन्देही २ बाट गृहमन्त्री खाँणसहित तीनको नाम सिफारिस



file

बुटवल । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही २ बाट गृहमन्त्री बालकृष्ण खाण सिफारिस हुनुभएको छ ।

नेपाली कांग्रेस क्षेत्रीय समितिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि गृहमन्त्री खाणको नाम सिफारिस गरेको हो । समितिले खाणसँगै नेता युवराज गिरी र व्यवसायी चुन्नुप्रसाद पौडेलेका नाम पनि सिफारिस गरेको छ ।

यसअघि २०७४ को निर्वाचनमा गृहमन्त्री खाण रुपन्देही ३ बाट समानुपातिक सिटमा बस्नुभएको थियो । रुपन्देही २ नेकपा ९एमाले० का नेता विष्णु पौडेलको विरासतका रुपमा रहँदै आएको छ ।

सो क्षेत्रमा २०७४ सहित सोअघिका तीनवटा संसदीय निर्वाचनमा पौडेल विजयी हुँदै आउनुभएको छ । रुपन्देही कांग्रेसका अनुसार गृहमन्त्री खाण रुपन्देही ३ बाट पनि सिफारिस हुनसक्ने बताएको छ ।

रुपन्देही ४ मा भने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारमा कांग्रेस क्षेत्रीय समितिले प्रमोद यादवलाई एकल सिफारिस गरेको छ । उहाँ २०७४ को निर्वाचनमा पनि निर्वाचित हुनुभएको थियो ।