२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वप्रकाश शर्मा झापा १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस



file
अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस हुनुभएको छ ।

क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बिहीबार बसेको बैठकले शर्माको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

यसअघि झापाकै एक कार्यक्रममा महामन्त्री शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताउनुभएको थियो ।

काठमाडौँ–५ कि झापा–१ भन्ने चर्चा भइरहेका बेला बिर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले यसपटक चुनाव जित्नेसमेत दाबी गर्नुभएको थियो । उहाँले यो तेस्रो पटकको ट्रायल हो भन्दै यसपटक अवश्य पास हुने बताउनुभएको थियो ।

चुनाव जित्ने दाबी गरेका शर्माले तीन पटकमा राँगा त छिन्छ भन्दै यसपटकको निर्वाचनमा राम्रो हिसाब किताब गरेर मात्रै उम्मेदवार बन्ने बताउनुभएको थियो ।

विसं २०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुरेन्द्रकुमार कार्कीले त्यस क्षेत्रमा शर्मालाई पराजित गर्नुभएको थियो । त्यसअघि संविधानसभाको निर्वाचनमा नेकपा (एमाले) का नेता रविन कोइरालाले शर्मालाई पराजित गर्नुभएको थियो ।