२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले भोलि पत्रकार सम्मेलन गर्ने



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि (बुधवार) पत्रकार सम्मेलन गर्नुहुने भएको छ ।

अध्यक्ष ओलीले तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बुधवार बिहान ११ बजे पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो । 

एमालेमा लामो समय तटस्थ रहेका नेताहरू मंगलवारको स्थायी कमिटी बैठकमा सहभागी भएपछिको सन्दर्भमा अध्यक्ष ओलीले सम्बोधन गर्ने जनाइएको छ ।

बैठकले २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन सबै पदाधिकारी र सदस्यलाई निर्देशन दिएको छ ।