२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

नतिजा पकडमा पार्न निर्वाचनको पूर्वसन्ध्यामा पुटिनद्वारा ब्यापक बजेट बाँडफाँड

नतिजा पकडमा पार्न निर्वाचनको पूर्वसन्ध्यामा पुटिनद्वारा ब्यापक बजेट बाँडफाँड
अ अ+ अ-

एजेन्सी । आगामी महिना हुने संसदीय निर्वाचनअगाडि समर्थन जुटाउन पेन्सन प्राप्त व्यक्तिले १३५ अमेरिकी डलर बराबर नगद पाउने गरी एउटा आदेशमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार हस्ताक्षर गर्नुभएको छ । यसले पछिल्लो समय रूसको सत्तारुढ यूनाइटेड रसिया पार्टीको राजनीतिक अवस्था निर्वाचनमा संघर्षपूर्ण रहेको बुझ्न सकिने पुटिनका आलोचकहरूको भनाइ छ । 

यो नगद वितरण सामाजिक खर्चको एक भागको रुपमा आउने र यसको भड्ताल राज्यकोषबाट आफ्नो पक्षमा निर्वाचन परिणाम पार्न राष्ट्रपति पुटिनले ल्याएको योजनाका रूपमा अथ्र्याइएको छ । 

रूसी नेता पुटिनले सेप्टेम्बरमा तल्लो सदन ‘स्टेट डुमा’ को निर्वाचन अगाडि यो योजना प्रस्ताव गर्नुभएको हो । रूसमा सामानहरूमा बढ्दो मूल्य र घट्दो रोजगारीका कारण पुटिनको दल युनाइटेड रसियाको ख्यातिमा निकै कमी आएको छ । 

रूसी राष्ट्रपतिले सेप्टेम्बर महिनामा १० हजार रूबल ९१३५ अमेरिकी डलर० भुक्तानी गर्ने आदेशमा हस्ताक्षर गरिसकेको रूसी प्रशासन केन्द्र क्रेमलिनले पुष्टि गरेको छ । यसले मासिक पेन्सनलाई दोब्बर बनाएको छ । 

आइतबार युनाइटेड रसियाका अधिकारीहरुसँगको भेटमा पुटिनले यस वर्षको बढ्दो मुद्रास्फीतिका कारण पेन्सनरहरुलाई सबैभन्दा बढी असर परेको बताउनुभएको थियो । 

केन्द्रीय बैंकका अनुसार वार्षिक मुद्रास्फीति ६।५ प्रतिशत पुगेको छ । बैंकले जूनमा आफ्नो आधारभूत ब्याज दर सोही आँकडमा बढाएको थियो । यो सन् २०१४ को मुद्रा सङ्कट पछिको सबैभन्दा ठूलो वृद्धि हो ।

पुटिनले सैन्य कर्मचारीहरूलाई १५ हजार रूबल बोनस दिने प्रस्ताव गरिएको एक अर्को आदेशमा आइतबार हस्ताक्षर गर्नुभएको थियो ।  

रूसी नेता पुटिनले सडक मर्मत, सार्वजनिक यातायात र आधारभूत संरचना तथा स्वास्थ्य सेवा विकास गर्न अरबौं खर्च गर्ने एक महिना पहिले बताउनुभएको थियो । सरकारले अवकाशको उमेर हद बढाएको विवादास्पद पेन्सन सुधार योजना पारित गरेपछि सन् २०१८ मा युनाइटेड रसियाको ख्याति दरमा तीव्र कमी आउन थालेको थियो ।