१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निलम्बित प्रधानन्यायाधशी जबरासँग बयान लिन सुरु



file
अ+ अ-

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बयान लिन सुरु गरिएको छ । महाभियोग सिफारिस समितिले जबरासँग बन्द कोठाभित्र बयान लिन सुरु गरेको हो । समितिको बैठकमा जबरा उपस्थित भएको फोटो र भिडयो खिचिसकेपछि पत्रकारहरुलाई बाहिर पठाइएको छ ।

यसअघि बन्द कोठाभित्र बयान लिने कि खुला भन्नेमा महाअभियोग सिफारिस समितिमा बहस भएको थियो । त्यसैले बयान लिने काम सुरु गर्न ढिलाइ भएको थियो । समितिका सदस्यसमेत रहेका नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले बयानलाई खुला राख्नुपर्ने बताउनुभएको छ ।

यद्यपि नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्मा, नेकपा ९माओवादी० का रेखा शर्मा र नेकपा ९एकीकृत समाजवादी० का कल्याणी खड्काले बन्द बयान लिनुपर्ने अडान लिनुभएको छ ।

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई ४३ वटा प्रश्न सोध्ने भएको छ । जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरिएको समितिले जनाएको छ ।

गत बुधबार समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई बयानका लागि बोलाएको थियो । आज बिहान ११ बजे नै आफूमाथि लागेको आरोपबारे बयान दिन जबरा सिंहदरबार पुगेका थिए ।

गत फागुन १ गते सत्तारुढ दलका सांसदहरुले महाअभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका थिए ।

बयान लिनका लागि समितिले यसअघि नै प्रमाणहरु संकलन गर्न सार्वजनिक सूचना जारी गरी प्रमाण मागेको थियो । नेपाल बार एसोसिएसनले मात्रै समितिलाई ३४ वटा प्रमाण बुझाइसकेको छ ।