१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

निलम्बित प्रधानन्यायाधशी जबरासँग बयान लिन सुरु



file
अ+ अ-

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बयान लिन सुरु गरिएको छ । महाभियोग सिफारिस समितिले जबरासँग बन्द कोठाभित्र बयान लिन सुरु गरेको हो । समितिको बैठकमा जबरा उपस्थित भएको फोटो र भिडयो खिचिसकेपछि पत्रकारहरुलाई बाहिर पठाइएको छ ।

यसअघि बन्द कोठाभित्र बयान लिने कि खुला भन्नेमा महाअभियोग सिफारिस समितिमा बहस भएको थियो । त्यसैले बयान लिने काम सुरु गर्न ढिलाइ भएको थियो । समितिका सदस्यसमेत रहेका नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले बयानलाई खुला राख्नुपर्ने बताउनुभएको छ ।

यद्यपि नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्मा, नेकपा ९माओवादी० का रेखा शर्मा र नेकपा ९एकीकृत समाजवादी० का कल्याणी खड्काले बन्द बयान लिनुपर्ने अडान लिनुभएको छ ।

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई ४३ वटा प्रश्न सोध्ने भएको छ । जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरिएको समितिले जनाएको छ ।

गत बुधबार समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई बयानका लागि बोलाएको थियो । आज बिहान ११ बजे नै आफूमाथि लागेको आरोपबारे बयान दिन जबरा सिंहदरबार पुगेका थिए ।

गत फागुन १ गते सत्तारुढ दलका सांसदहरुले महाअभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका थिए ।

बयान लिनका लागि समितिले यसअघि नै प्रमाणहरु संकलन गर्न सार्वजनिक सूचना जारी गरी प्रमाण मागेको थियो । नेपाल बार एसोसिएसनले मात्रै समितिलाई ३४ वटा प्रमाण बुझाइसकेको छ ।