१० भाद्र २०८३, बुधबार
,
Latest
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंकले वित्तीय साक्षरता कार्यक्रम गर्न नेशनल बैंकिङ्ग इन्स्टिच्युटसंग सहकार्य



अ+ अ-

काठमाडौं । वित्तीय बजारको विकासका साथै आर्थिक र नितिगत विकासका कारण वित्तीय साक्षरताको महत्व बढदै गएको छ । नेपाल राष्ट्र बैंकले प्राथमिकतामा राख्दै आएको वित्तीय साक्षरता कार्यक्रमलाई समाज र समाजका व्यक्तिहरुमा पुर्‍याउने उद्देश्य अनुरुप सन्राइज बैंकले पनि देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम गर्ने भएको छ ।

यहि उद्देश्य अनुरुप सन्राइज बैंक र नेशनल बैंकिङ्ग इन्स्टिच्युट (NBI) बिच वित्तीय साक्षरताका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्रीमती आरती राज्यलक्ष्मी राणा र नेशनल बैंकिङ्ग इन्स्टिच्युट (NBI) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कुमार लमसालले हस्ताक्षर गर्नुभएको थियो ।

सो सहमतिपत्र अन्र्तगत विभिन्न प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । बैंकका गतिविधिहरूको एक हिस्साको रूपमा र वित्तमा पहुँच सम्बन्धी चेतना जगाउने उद्देश्यले देशव्यापी वित्तिय साक्षरता कार्यक्रमहरू गर्नका लागि सो सहमती गरेको हो ।

वित्तीय साक्षरताको अभावमा मानिसहरुले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरुको पहुच पुर्‍याउने, डिजिटल कारोबारका बारेमा व्यक्तिहरु अभ्यस्त बनाउन, आफ्नो व्यवसायिक योजनालाई बैंकको सहायताले बढाउन र त्यसले व्यक्तिहरुको आर्थिक आर्जन बढाई उनीहरुको जीवनस्तर पनि बढाउने भन्ने उद्देश्य साथ वित्तीय साक्षरता कार्यक्रम गर्न लागेको बैंकको नायब प्रमुख कार्यकारी अधिकृत श्रीमती आरती राज्यलक्ष्मी राणाले बताउनु भयो ।