६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन–१ बाट उम्मेदवार बन्न स्वर्णिम वाग्लेसहित ६ जनाले दिए आवेदन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थशास्त्री स्वर्णिम वाग्लेले चितवन क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट उम्मेदवार बन्न आवेदन दिएका छन् ।

कांग्रेस क्षेत्रीय कार्यसमितिले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि आकांक्षीहरूबाट उम्मेदवार बन्न आवेदन माग गरेपछि वाग्ले र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलसहित ६ जनाले आवेदन दिएका हुन् ।

यहाँबाट उम्मेदवार बन्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थराज खनियाँ, नेता राजेन्द्रप्रसाद बुर्लाकोटी र भीमप्रसाद थपलियाले आवेदन दिएको क्षेत्रीय सभापति किरण ओलीले जानकारी दिए ।

वाग्ले यूएनडीपीको एसिया प्रशान्त क्षेत्रको आर्थिक सल्लाहकार रहेर काम गरिसकेका छन् । हालै नेपाल आएका उनले आगामी निर्वाचनमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने चाह देखाएका हुन् ।

उनी कांग्रेसको पूर्वमहासमिति सदस्य हुन् । उनलाई १३ औँ महाधिवशेनपछि ०७५ सालमा सभापति शेरबहादुर देउवाले महासमिति सदस्यमा मनोनीत गरेका थिए ।