२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन–१ बाट उम्मेदवार बन्न स्वर्णिम वाग्लेसहित ६ जनाले दिए आवेदन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थशास्त्री स्वर्णिम वाग्लेले चितवन क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट उम्मेदवार बन्न आवेदन दिएका छन् ।

कांग्रेस क्षेत्रीय कार्यसमितिले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि आकांक्षीहरूबाट उम्मेदवार बन्न आवेदन माग गरेपछि वाग्ले र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलसहित ६ जनाले आवेदन दिएका हुन् ।

यहाँबाट उम्मेदवार बन्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थराज खनियाँ, नेता राजेन्द्रप्रसाद बुर्लाकोटी र भीमप्रसाद थपलियाले आवेदन दिएको क्षेत्रीय सभापति किरण ओलीले जानकारी दिए ।

वाग्ले यूएनडीपीको एसिया प्रशान्त क्षेत्रको आर्थिक सल्लाहकार रहेर काम गरिसकेका छन् । हालै नेपाल आएका उनले आगामी निर्वाचनमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने चाह देखाएका हुन् ।

उनी कांग्रेसको पूर्वमहासमिति सदस्य हुन् । उनलाई १३ औँ महाधिवशेनपछि ०७५ सालमा सभापति शेरबहादुर देउवाले महासमिति सदस्यमा मनोनीत गरेका थिए ।