६ श्रावण २०८३, बुधबार
,
Latest
श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुख खानले किन गरे ‘डन ३’ को प्रस्ताव अस्वीकार ?



अ+ अ-

एजेन्सी । अहिले बलिउड जगतमा एक पछि अर्को फिल्महरु लगातार फ्लप भइरहेका छन् ।

ठूला बजेटदेखि ठूला स्टारकास्टसम्म सबैका फिल्मले लगानी समेत उठाउन सकेका छैनन् । हालै रिलिज भएका आमिर खान स्टारर ‘लाल सिंह चड्डा’, र अक्षय कुमार स्टारर ‘रक्षा बन्धन’ नराम्ररी फ्लप भएका छन् ।

गत साता रिलिज भएको प्यान इन्डिया फिल्म ‘लाइगर’को पनि अवस्था ठीक छैन । बलिउडमा देखिएको खतरालाई मध्यनजर गर्दै अब किंग खान अर्थात् शाहरुख खानले महत्वपूर्ण निर्णय लिएका छन् ।

शाहरुख खानले केही दिनअघि तीनवटा फिल्मको घोषणा गरेका थिए । उनका तीनवटै फिल्म पठान, जवान र डङ्की पाइपलाइनमा छन् ।

अहिले फ्यानहरुले उनलाई छिट्टै ‘डन ३’ मा हेर्ने इच्छा व्यक्त गरिरहेका छन् । तर मिडिया रिपोर्टका अनुसार शाहरुख खानले यो फिल्मको प्रस्ताव अस्वीकार गरेका छन् ।

हालै शाहरुखलाई यो फिल्मको अफर आएको थियो । फिल्मको स्क्रिप्ट फरहान अख्तरले लेखेका हुन् । तर अहिले शाहरुख त्यो स्क्रिप्टबाट सन्तुष्ट नभएको सुनिएको छ । जसका कारण उनले अहिले फिल्म गर्न अस्वीकार गरेका छन् । मिडिया रिपोर्टका अनुसार जब शाहरुख स्क्रिप्टको बारेमा पूर्णतया विश्वस्त हुनेछन्, तब उनी यो भूमिका फेरि गर्न चाहन्छन् ।

अहिले बक्स अफिसको परिदृश्य राम्रो नरहेको कारणले गर्दा उनी कुनै पनि प्रोजेक्ट साइन गर्नुअघि धेरै पटक सोच्न चाहन्छन् । अहिले फरहान फेरि ‘डन ३’ को स्क्रिप्टमा काम गरिरहेका छन् ।

डन ३ अझै प्रि–प्रोडक्सन चरणमा छ, त्यसैले दर्शकले फिल्म हेर्न लामो समय कुर्नुपर्नेछ । त्यतिन्जेल प्रशंसकहरूले शाहरुख खानलाई जवान र पठानमा देख्न सक्नेछन् । शाहरुखको पठान सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म हो । यसमा उनीसँगै जोन अब्राहम र दीपिका पादुकोण पनि देखिनेछन् ।