४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

समयसँगै बदलिँदो तीज

समयसँगै बदलिँदो तीज
अ+ अ-

रुपन्देही । ‘जेलैमा हो जेलैमा, चरी जेलैमा, मै छोरी रुँदै रुँदै बेसी मेलैमा’ विष्णु माझीको स्वर रहेको यो तीज गीत यहाँका होटल र पार्टी प्यालेसमा निकै घन्कियो । निकै चर्चामा रहेको यो गीतमा पछिल्लो एक महिना बजारका पार्टी प्यालेसमा नाच्ने र रमाउनेको सङ्ख्या उल्लेख्य थियो । घरसँगै कार्यालयको पनि जिम्मेवारी भएका महिला यस्ता कार्यक्रममा देखिए ।

तीज आउनु एक महिना अघिदेखि नै बुटवल र भैरहवाका होटल तथा पार्टी प्यालेस कार्यक्रमका लागि बुकिङ भएका थिए । सरकारी र गैरसरकारी सङ्घ संस्थाले पनि संस्थागतरुपमै तीज कार्यक्रमको आयोजना गरे । बजारका साँघुरा घरमा जमघट हुन साह्रै गाह्रो हुने भएकाले पनि होटल र पार्टी प्यालेसमा तीज मनाउने क्रम बढेको हो भन्नुहुन्छ, बुटवल लक्ष्मी नगरकी माया पाठक ।

“अहिले महिला घरको काम गरेर अफिस पनि जानुपर्ने हुन्छ । यस्तो अवस्थामा घरमा चेलिबेटी बोलाएर समय दिन पनि गाह्रो । घरको काम गर्ने की नाच्नेगाउने, अब त पार्टी प्यालेस जानुको विकल्प छैन । यसलार्ई नराम्रो मान्न हुँदैन,” उहाँ भन्नुहुन्छ । सभ्य तरिकाले जहाँ बसेर पनि चाड मनाउन मिल्ने उहाँको बुझाइ छ ।

तीजमा माइती पक्षले चेलीलाई माइत बोलाउँछन् । माइती नहुनेका दिदीबहिनीलार्ई मावली र आफन्तले बोलाउने गर्छन् । चेलीबेटी बोलाउने र खुवाउनेक्रम जनै पुर्णिमादेखि सुरु हुन्छ । नाचगानको क्रम भने साउने सङ्क्रान्तिबाटै सुरु हुन्छ । त्यसपछि नागपञ्चमी, जनैपूर्णिमा र कृष्ण जन्माष्टमीमा पनि नाचगान गर्ने परम्परा छ । कृष्ण जन्माष्टमीको अघिल्लोे दिन पनि चेलीबेटीलार्ई माइती पक्ष तथा आफन्तले बोलाउने र दर खाने चलन छ । विशेष गरी हरितालिका तीजमा चेलीबेटीको जमघट हुन्छ । पहिले पहिले चेलीबेटी जम्मा भएर आफना पीर, व्यथा र बेदना गीतको माध्यमबाट व्यक्त गर्ने परम्परा रहे पनि अहिले भने बजारमा कलाकारले ल्याएका गीत बजाएरै नाच्ने क्रम बढ्दै गएको छ ।

“अहिले बसेर नाच्ने गाउने भन्ने चलन हराइसक्यो । कसले गीत निकाल्नु कसले मादल बजाउनु रु सबैलार्ई नआउने भएकाले गीत बजाएरै नाच्छौँ । मन परेका गीत बजायो नाच्यो । यही नै सजिलो लाग्न थाल्यो”, बुटवल जितगढीकी गिता आाचार्य भन्नुहुन्छ ।

वास्तवमा जन्मघर छोडेर माइतीमा जम्मा भएका चेलीले आफनो सुख दुःख गीतबाटै व्यक्त गर्ने रमाइलो पर्व हरितालिका तीज हो । जन्मघर छोडेर कर्मघर जाँदाको अनुभव तथा माइतीप्रति गुनासा तथा अपेक्षा गीतबाटै प्रस्तुत गरिन्थ्यो । तर, अहिले पूराना भाका सुनिन छाडेका छन् । पूराना आँगन चौताराको ठाउँ पार्टी प्यालेसले लिएपछि पूराना भाका पनि नयाँ गीत र रचनामा बदलिएका छन् भन्नुहुन्छ, प्राध्यापक इन्दिरा आचार्य ।

“पहिले तीजमा गाइने गीतले चेलीका भावाना र वेदनालार्ई समेटेका हुन्थे । माइतीप्रति चेलीको बिलौना र पीडालार्ई समेटेका हुन्थे । तीजका गीतले महिलामाथिको अन्याय अत्याचारका पीडालाई यसरी समेटेका हुन्थे । अबका दिनमा पनि तीजलार्ई अधिकारमुखी आन्दोलनसँग जोडेर लैजानुपर्छ”, आचार्य भन्नुहुन्छ ।

तीज नेपाली महिलाको महत्वपूर्ण पर्व हो । विशेष गरी हिन्दु महिलाका माझ प्राचीन कालदेखि नै लोकप्रिय रहेको तीज पर्व पछिल्लो समयमा सबै जाती र वर्गमा पनि प्रसिद्ध बनेको छ । सबै चेली जम्मा भएर सुखदुःख साटासाट गर्ने यो पर्व महिलाका लागि रमाइलो चाड हो । पछिल्लो समयमा तीज आधुनिकतातर्फ गए पनि यसको मौलिक संस्कृति विर्सन हुँदैन भन्नुहुन्छ, धर्मगुरु जनार्दन न्यौपाने । “अधुनिकताका नाममा हाम्रो धर्म, संस्कृति र परम्परा विर्सनुहँुदैन । मौलिक संस्कृतिको रक्षा गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ ।

हिन्दू धार्मिक ग्रन्थअनुसार राजा हिमालयले छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलार्ई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन लामो समय निराहार व्रत बसिन् । यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीले यस दिनलार्ई उत्सवका रूपमा मनाउन थालेका हुन् ।

संस्कृत शब्दको तृतीयाबाट बोलिचालीको भाषामा तीज हुन गएको हो । तीजलार्ई हरितालिका पनि भनिन्छ । ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी हुन्छ । भाद्र शुक्ल तृतीयाको दिन पार्वतीलार्ई विष्णुसँग निश्चय गरिएको विवाहबाट जोगाउन उनका खुसिले हरण गरेर लुकाएका कारण यस दिनलार्ई हरितालिका भनिएको हो । शिब पार्वतीको यसै दिन विवाह भएका कारण तीजलार्ई प्रणय दिवसका रुपमा लिइने संस्कृतिविद् राजेन्द्र आचार्य बताउहुन्छ ।

हिन्दु कथामा आधारित तीज अहिले पर्वका रुपमा विकसित भएको छ । पार्वतीको सिको गर्दै आफूले रोजेको वा असल पति पाउन विवाह नभएका महिला व्रत बस्न थाले । आफ्ना पतिको दिर्घायुका लागि विवाहीत महिला व्रत बस्ने गर्छन् । तीजको सम्बन्ध माइतीपक्ष र गीतसँग गाँसिएको छ ।