२२ आश्विन २०८१, मंगलवार
,
Latest
पशुपति गौशाला धर्मशाला खाली गर्न महानगरपालिकाको माइकिङ जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन ! विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्छः गृहमन्त्री लेखक सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाई समारोह २०८१ को अन्तिम तयारी- फोटो फिचर सामान्य बन्दै हवाई उडान विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छः प्रधानमन्त्री राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने उपत्यकामा पुनः मेलम्चीको पानी वितरण शुरु राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने दसैँतिहारका अवसरमा अल्फा बिटाको सुभकामना आदानप्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओलीले आज ‘विशेष पत्रकार सम्मेलन’ गर्दै



अ+ अ-

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘विशेष पत्रकार सम्मेलन’ गर्ने भएका छन्। अध्यक्ष ओलीले पार्टीका पदाधिकारीसहित आज बिहान ११ च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा ‘विशेष पत्रकार सम्मेलन’ गरेका हुन् । 

लामो समय माधव नेपाल पक्षमा रहेर सर्वोच्च अदालतलको फैसलाले एमाले  पुनःस्थापना गरेयता पहिलोपटक हिजो सोमबार पार्टीको बैठक ९स्थायी कमिटी० मा सहभागी हुँदै भीम रावल, घनश्याम भुसाललगायत १० नेता आफूसँग एकताबद्ध भएको भोलिपल्ट अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन्।  

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार हिजोको स्थायी कमिटी बैठकले दोस्रो तहका नेताहरुसँग भएको सहमति अनुसार १० बुँदे कार्यान्वयन गर्ने समय तालिका निर्धारण गरेको थियो । बैठकपछि पार्टी एकताको सन्देश दिन नेताहरुले सामूहिक तस्बिर खिचाएका थिए ।