२७ भाद्र २०८३, शनिबार
,
Latest
देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओलीले आज ‘विशेष पत्रकार सम्मेलन’ गर्दै



अ+ अ-

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘विशेष पत्रकार सम्मेलन’ गर्ने भएका छन्। अध्यक्ष ओलीले पार्टीका पदाधिकारीसहित आज बिहान ११ च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा ‘विशेष पत्रकार सम्मेलन’ गरेका हुन् । 

लामो समय माधव नेपाल पक्षमा रहेर सर्वोच्च अदालतलको फैसलाले एमाले  पुनःस्थापना गरेयता पहिलोपटक हिजो सोमबार पार्टीको बैठक ९स्थायी कमिटी० मा सहभागी हुँदै भीम रावल, घनश्याम भुसाललगायत १० नेता आफूसँग एकताबद्ध भएको भोलिपल्ट अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन्।  

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार हिजोको स्थायी कमिटी बैठकले दोस्रो तहका नेताहरुसँग भएको सहमति अनुसार १० बुँदे कार्यान्वयन गर्ने समय तालिका निर्धारण गरेको थियो । बैठकपछि पार्टी एकताको सन्देश दिन नेताहरुले सामूहिक तस्बिर खिचाएका थिए ।