५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

कलाकारको तीज: अरूलाई नचाउँदै, आफू पनि मनाउँदै

कलाकारको तीज: अरूलाई नचाउँदै, आफू पनि मनाउँदै
अ+ अ-

काठमाडौँ । अभिनेत्री अनु शाहलाई मनपर्ने चाडमध्ये तीज पनि एक हो । “यो चाड विशेषत महिला दिदीबहिनीका लागि भएर पनि होला मलाई एकदमै मन पर्छ । मलाई तीज भन्नेबित्तिकै राति उठेर खाने दर र रातो पहिरनको निकै याद आउँछ”, उहाँ भन्नुहुन्छ । अभिनेत्री शाहले प्राय परिवारसँगै घरमै बसेर अघिल्लो दिन दर खाने, भोलिपल्ट स्नान गरी व्रत बस्ने र नाचगान गरेर तीज बनाउँदै आउनुभएको छ ।

हाल क्यानडामा रहनुभकी नायिका एलिजा गौतमलाई तीजका कुरा गर्दा सानो बेलाका यादहरु आउने गर्छ । यसपटक माइतीको हजुरआमा बितेकाले उहाँले तीज मनाउनुभएको छैन तर उहाँलाई तीजका यादहरू मनभरि आइरहेका छन् । नायिका गौतम भन्नुहुन्छ, “तीज हामी नेपाली महिला दिदी–बहिनीको महान् चाड हो । पहिले–पहिले आमा हजुरआमाले मनाउँदाजस्तै रमाइलो अहिले पनि हुने गरेको छ, बिहे गरेका छोरी चेलीबेटी भेला भएर तीजको अघिल्लो दिन दर खाएर भोलिपल्ट व्रत बस्दा छुट्टै रमाइलो हुन्छ ।”

आफू जता भए पनि तीजमा चाहिँ सबै जनासँगै जम्मा भएर दुःखसुख साटासाट र नाचगान गर्ने चलन पहिलेदेखि चल्दै आएको छ, चाडपर्वमध्ये तीजलाई मैले महान् चाडको रुपमा लिने गरेको छु”, उहाँ जोड दिनुहुन्छ, “तीजका बेलामा आलु र करेलाको पक्कु मेरो ममीले एकदमै मीठो बनाउनुहुन्छ, ढकनी, काँक्रोको अचार ९खल्पी०, ठेकीमा हालेको दही, काँक्रो, फर्सीको मुन्टा आदि सानैदेखि खाँदै हुर्केको भएर पनि होला तीज भन्नेबित्तिकै पुरानै याद आउँछ ।” यसपटकको तीजमा गौतमको काला चश्मा नृत्य निकै लोकप्रिय पनि भएको छ ।

अभिनेत्री सञ्चिता लुइँटेल आफन्त, दिदीबहीनी एकदम टाढा–टाढा भएकाहरूसँग भेट गरेर नाचगान गर्ने पर्वका रूपमा तीजलाई लिनुहुन्छ । “तीजमा मीठो परिकार दर बनाएर खाने, सुख, दुःख, वेदनालाई गीतमा अभिव्यक्त गरेर रमाइलो गर्ने गरिन्छ, तीज भन्नेबित्तिकै रातो सारी लगाएर शिवजीको व्रत बस्ने र पूजा गर्ने नै हो”, उहाँ भन्नुहुन्छ । “ मेरा दुई बहिनी एक महिना अगाडिदेखि नेपालमै थिए, यसपालि तीजमा सँगै बसौँला रमाइलो गरौँला भन्ने सोच थियो तर माहिली बहिनी फ्रान्स गई, कान्छी बहिनी अमेरिका गई म र ममीमात्र भएकाले अब हजुरमुमाका जाने र सबै जना भेला भएर मीठा–मीठा परिकार खाइ नाचगान गरेर मनाउने सोचमा छु ।”

लोकगायिका पूर्णकला बिसी कार्यक्रमहरुमै व्यस्त हुनुहुन्छ । “सानैदेखि नाच्ने गाउने रमाइलो गर्ने पर्व भएका कारण मैले तीजलाई वशेष चाडका रूपमा लिने गरेको छु, आफू गीतसङ्गीततिर आबद्ध भएका कारण पनि मैले बच्चैदेखि तीजलाई मन पर्ने चाडको रुपमा लिन्छु”, उहाँ भन्नुहुन्छ, “बाल्यकालदेखि नै तीजमा मात्र एकपटक नयाँ लुगा लगाइने गरिन्थ्यो । जुनसुकै बेलामा कपडा खरिद गर्न सक्ने अवस्था थिएन वर्षमा एकपटक नयाँ कपडा लगाउने चलन भएकाले पनि मलाई बाल्यकालकै कुराहरू याद आइहाल्छ ।” उहाँ पोखरामा तीजका कार्यक्रम सकेर स्याङ्जा घरमा पुगेर तीज मनाउँदै हुनुहुन्छ ।

तीजका कार्यक्रममा प्रस्तुतिका लागि व्यस्त गायिका राधिका हमाल पनि तीजलाई विशेष चाडका रुपमा लिनुहुन्छ । “तीज संस्कार र संस्कृति बोकेको महिलाका लागि विशेष चाड हो । यसको परिभाषा मैले दिन त असम्भव छ, तर पनि नेपाली महिलाको विशेष चाडका रूपमा तीजलाई लिने गर्छु”, उहाँ बताउनुहुन्छ , “तीजमा मेरो विभिन्न कार्यक्रम त भइरहेको छ । त्योभन्दा पनि मैले तीजमा साना–साना भाइबहिनीलाई सहयोग गर्ने गरेको छु । यसपालिको तीजमा पनि बालबालिकालाई सहयोग गर्छु र ललितपुर लेलेमा तीज विशेष कार्यक्रममा सहभागी हुँदैछु ।”

गायिका सुशीला पाठक ‘पापाकी परि’ गीतबाट चर्चामा आउनुभएपछि कार्यक्रमतिर व्यस्त हुनुभएको छ । अर्की गायिका एन्जिला रेग्मीलाई पनि तीज निकै राम्रो लाग्छ । “नारीहरूको महान् पर्वका रूपमा लिइने तीज म चाहिँ रमाइलोे चाडका रुपमा लिन्छु । सबै जना भेला भयो, गायो, नाच्यो दिदीबहिनीले लागाएको हरियो, रातो सारी यस्ता विभिन्न कुराले गर्दा तीज रमाइलो लाग्छ”, उहाँ बताउनुहुन्छ । रासस