• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी

विश्वकप टी-२० को ट्रफी सगरमाथाको बेस क्याम्पमा प्रदर्शनी गरिँदै



काठमाडौँ । आईसीसी टी–२० विश्वकपको ट्रफी मंगलवार (आज) बाट नेपालका विभिन्न स्थानमा प्रदर्शनको लागि राखिने भएको छ । ट्रफी प्रदर्शनीका सोमवार नेपाल ल्याइएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार मंगलवार बिहान ट्रफी सोलुखुम्बु जिल्लाको गोक्यो ताल र कालापत्थरमा राखिनेछ । युवालाई क्रिकेटमा प्रोत्साहन गर्ने लक्ष्यले ट्रफी प्रदर्शनीमा राखिएको क्यानले जनाएको छ ।

बुधवार ट्रफीको सार्वजनिक प्रदर्शनी हुनेछ । ट्रफी बिहान ११ बजेदेखि १ बजेसम्म भक्तपुर दरबार स्क्वायरमा आम नागरिकका लागि राखिनेछ । क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो ।

यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो । टी–ट्वान्टी विश्वकपको ट्रफी भने पहिलो पटक नेपाल ल्याइएको छ । विश्वकपको ट्रफी दुई दिन नेपालमा रहने क्यानले जानकारी गराएको छ । विश्वकपको १०० दिने ट्रफी भ्रमण अन्तर्गत ट्रफी नेपाल ल्याईएको हो ।

ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शन गरिँदैछ । विश्वकपको ट्रफी निशान कम्पनिले विश्वभर प्रदर्शन गरिरहेको हो । अस्ट्रेलियाको ७ शहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ । विश्वकपमा १६ राष्ट्रले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।