२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

बाल वैज्ञानिक प्राञ्जलको प्रतिभा

बाल वैज्ञानिक प्राञ्जलको प्रतिभा
अ अ+ अ-

बाँके । विभिन्न प्रविधिको प्रयोग गरी चमत्कारी आविष्कार गर्दै आएका बर्दियाको बढैयाताल गाउँपालिका– ८ बर्मेली टोलका १५ वर्षीय प्राञ्जल ज्ञवाली बाल वैज्ञानिक नामले चिनिन थालेका छन् । वैज्ञानिक बन्ने अठोट सानैदेखि लिएका प्राञ्जलले ‘विद्यार्थी प्रतिभा पहिचान कार्यक्रममा २०२१’ मा प्रथम भएर त्यो अठोट पूरा गर्ने बाटो तय गरेका छन् । बाल वैज्ञानिक प्राञ्जल बर्दियाको भगवती माविमा कक्षा १० मा अध्ययनरत छन् ।     
     
यी प्रतिभाको अध्ययन कोठा अहिले ल्याब बनेको छ । उनले बिग्रेका विद्युतीय सामान, खेर गइरहेका कागज, फलाम प्रयोग गरेर सिसी क्यामेरा, भिडियो क्यामेरा, एटिएम मेशिन, खानेपानी वितरण मेशिन, मोबाइलको चार्जर, पावर बैंक, हाते माइक, आलाराम मेशिन, प्रोजेक्टर, ट्राइपट पङ्खा, मोबाइल फोन सेट, ल्यापटप, पैसा छाप्ने मेशिन र बाफ लिने मेशिन आदि सामग्री निर्माण गरिरहेका छन् ।     
     
‘स्मार्ट होम’ बनाउने त उनको सोख नै हो । यसका लागि उनले विभिन्न बिग्रेका विद्युतीय सामान तथा खेर गइरहेका कागज र फलामको प्रयोग गर्ने गर्छन् । कुनै पनि घरमा बाहिरबाट गाडी आएपछि खुल्ने र गाडीभित्र छिरेपछि आफैँ बन्द हुने ढोका पनि उनले बनाएका छन् ।     
     
त्यस्तै उनले भूइँमा टेक्दा घन्टी बज्ने मेशिन पनि बनाएका छन् । यसका कारण कसैले घरबाट बहुमूल्य सामान चोरेर भाग्दा पनि थाहा हुने भएकाले यो मेशिनको उपयोगिता बढी नै हुनसक्ने देखिएको छ ।     
     
त्यसैगरी उनले शयन कक्षमा आफैँ पानीको धारा खुल्ने, नुहाइसकेपछि बन्द हुने, पानी सकिएपछि मोटरले आफैँ पानी तान्नेदेखि लिएर सेन्सरबाट काम गर्ने धेरै मेशिन पनि उनले बनाएका छन् ।     
     
विज्ञान विद्यार्थी प्राञ्जल हालै आयोजित ‘प्रतिभा पहिचान कार्यक्रम २०७८’ मा प्रथम भएपछि अहिले उनको घरमा खुसीयाली छाएको छ । उनी आगामी असोज १ गते नगद पुरस्कारसहित सम्मानित हुने भएका छन् ।     
     
विज्ञान शिक्षक समाज, नेपालले आयोजना गरेको सो प्रतियोगितामा नेपालका सातै प्रदेशबाट छनोट भई आएका १४ जना प्रतिस्पर्धी थिए । ती विद्यार्थीले वैकल्पिक माध्यमबाट आ–आफ्ना प्रविधियुक्त परियोजना प्रस्तुत गरेका थिए । ती विद्यार्थीले निर्माण गरेका परियोजनाको मूल्याङ्कन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डा सुरेशकुमार ढुङ्गेलको उपस्थितिमा पाँच सदस्यीय विज्ञ समितिबाट भएको थियो ।     
     
कक्षा १० का विज्ञानका विद्यार्थीमा यो प्रतिस्पर्धा गराइएको थियो । विद्यार्थीमा भएको विज्ञानसम्बन्धी ज्ञान र प्रतिभालाई प्रस्फुटन गराई राष्ट्रियरूपमा पहिचान गराउन सो कार्यक्रमको आयोजना गरिएको थियो । सो प्रतियोगिताको पहिलो चरणमा सातै प्रदेशमा छुट्टाछुट्टै प्रतिस्पर्धा गराई प्रत्येक प्रदेशबाट दुई÷दुई जनाका दरले १४ जना विद्यार्थी छनोट गरिएको थियो । ती १४ जनाबाट भगवती मावि, बर्दियाका प्राञ्जल प्रथम भएका हुन् ।     
     
उक्त प्रतियोगितामा होराइजन मावि, कपिलवस्तुका अनुसन्धान पोखरेल द्वितीय, आदर्श मावि, विराटनगरका श्रेता पोखरेल तृतीय र पद्मकन्या मावि काठमाडौँका स्वीकृति बाँस्तोला चतुर्थ भएका थिए । उत्कृष्ट भएका विद्यार्थीलाई आगामी असोज १ गते राष्ट्रिय विज्ञान दिवसका अवसरमा नगदसहित प्रमाणपत्र र सम्मानपत्र प्रदान गरिने छ ।     
     
प्रथमलाई रु १० हजार, द्वितीयलाई रु आठ हजार तृतीयलाई रु छ हजार र चतुर्थ हुनेलाई रु चार हजार नगद पुरस्कार पनि प्रदान गरिनेछ । यो स्मार्ट होम बनाउँदा उनी प्रथम भएका हुन् । स्मार्ट होम बनाएकाले विज्ञान प्रतिभा पहिचानले प्रथम भएको बताउनुभयो । बाल वैज्ञानिक प्रतिभावान् देखेपछि उहाँका बुवा प्रदीप ज्ञवालीले सरकारले हामीजस्ता गरिबको बच्चाको पढाइ सम्पूर्ण निःशुल्क गरिदिएको भए बच्चालाई अघि बढ्न थप सहयोग हुने अपेक्षा गर्नुभएको छ । आफ्नो छोराको प्रतिभा देखेर घरमा धेरै भेटघाट गर्नसमेत आएको ज्ञवालीको बुवा बताउनुहुन्छ ।     
     
महामारीका कारण नेपालमा पनि विद्यालय बन्द भएपछि प्राञ्जलले भने लकडाउनको समयको सही सदुपयोग गरेर आफू अविष्कारमा लागेको बताउँछन् । “महामारीका बेलामा कतिपय साथीलाई त फुर्सद भयो होला तर म भने निकै व्यस्त रहेँ”, उनले भने ।     
     
बहुप्रतिभाशाली उनको प्रतिभाको सम्मानका लागि बढैयाताल गाउँपालिका, उनको विद्यालय र विभिन्न सङ्घसंस्थाले उनलाई सम्मान तथा सहयोग प्रदान गरेका छन् ।