२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

सडक नहुँदा किसान चिन्तित

सडक नहुँदा किसान चिन्तित
अ अ+ अ-

सिन्धुपाल्चोक । उत्पादन भएको तरकारी  बेच्ने ठाउँ नहुँदा किसान चिन्तित भएका छन् ।  गत असार १ र साउन १६ गते मेलम्ची, हेलम्बु र पाँचपोखरी आसपासमा आएको बाढीले व्यापारिक केन्द्रसम्म पुग्ने सडक सम्बन्ध टुटेपछि किसानले उत्पादन गरेका तरकारीले मुल्य पाएको छैन । सडक नहुँदा कुखुरा तथा पशुपालक किसान पनि मर्कामा परेका छन् । सडक नहँुदा दाना ल्याउन तथा भएका कुखुरा बिक्री गर्न लैजान नसकिएको हेलम्बु गाउँपालिका–२ का राम ज्योतिले बताउनुभयो ।

गाउँपालिकाबाट तालिम लिएर दैनिक २० देखि २५ किलो गोलभेँडा उत्पादन गर्दै आउनुभएका पाँचपोखरी–६ का झोक्की वाइबाले बाटो नभएका कारण उत्पादित तरकारी गाई तथा अन्य वस्तुलाई खुवाउनुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो ।  पाँचपोखरी थाङ्पाल गाउँपालिका कृषि विकास शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा श्री थाङ्पालधाप साना किसान कृषि सहकारी संस्था र थाङ्पालधाप कृषि तथा पशुपक्षी फार्मको समन्वयमा सुरु गरिएको तरकारी खेतीको अनुगमनमा पुगेका गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिसँग किसानले गुनासो गरेका हुन् ।

दैनिकरूपमा २० देखि २५ किलो गोलभेँडा उत्पादन हुने गरेकाले फार्मका सञ्चालक वाइबाले तालिमपछि राम्रो आम्दानी हुन थालेको बताउनुभयो । उहाँका अनुसार १३ वटा प्लाष्टिक घरमध्ये आठमा दुई महिनाअघिदेखि गोलभेँडा उत्पादन हुँदै आएको र बाँकी तीनमा एक महिनापछिसम्म उत्पादन लिन सकिने छ । अनुगमनमा गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार पोखरेल, कृषि शाखाका प्रमुख निमराज गिरी, कार्यपालिका सदस्यलगायतको टोली पुगेको थियो । 

किसानको गुनासोलाई सम्बोधन गर्दै अनुगमन टोलीले बजारीकरण आदि कार्यमा सहजीकरण गरिदिने बचन दिएको छ । सङ्कलन केन्द्र स्थापना र साप्ताहिक हाटबजार स्थापनासम्बन्धी छलफल भएको गिरीले जानकारी दिनुभयो । मेलम्ची, हेलम्बु र इन्द्रावतीका किसान पनि बजारसम्म जोड्ने सडक नहुँदा समस्यामा परेका छन् ।