२७ भाद्र २०८३, शनिबार
,
Latest
देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशमै राजपत्र छापिने



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले राजपत्र छाप्न सुुरु गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले मन्त्रालयले आफ्नै मुद्रण मेसिन जडान गरी राजपत्र छाप्ने काम सुुरु गरेको जानकारी दिनुभयो ।

उहाँले यसअघि राजपत्र छपाउनका लागि सङ्घीय मुद्रण विभागमा पठाउनुपर्ने बाध्यता अब नरहेको बताउनुभयो । प्रदेशको ऐन, कानुन, कार्यविधि, मापदण्ड तथा सरकारका निर्णय कार्यान्वयन गर्न राजपत्रमा छाप्नुपर्ने हुन्छ । मुद्रण विभागले प्रदेशबाट पठाएका ऐन, कार्यविधि, निर्णय छपाइ गर्न तीन महिनाभन्दा बढी समय लगाउने गरेको र राजपत्र छपाइमा ढिलाइ गर्दा प्रदेश सरकारका निर्णय कार्यान्वयन गर्नमा समस्या हुने गरेको जनाउँदै मन्त्री जोशीले मुद्रण मेसिन जडान गरेसँगै प्रदेश सरकारलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । 

अब प्रदेशमै मेसिन आइसकेकाले प्रदेश सरकार र स्थानीय तहका आवश्यक निर्णय यतै छापिने उहाँको भनाइ छ । मुद्रण मेसिन रु २७ लाख ८० हजारमा खरिद गरिएको बताइएको छ ।