• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन ६८ दलको निवेदन



काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि निवेदन दिएका दलहरुको बिवरण सार्वजनिक गरेको छ ।

भदौ १० देखी १२ गते तीन दिन समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि दल दर्ताका लागि समय दिएको आयोगले सोमबार दर्ता भएको दलहरुको सूची सार्वजनिक गरेको हो ।

आयोगका अनुसार प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि ६८ दलले सूची दर्ता गराएका छन् ।

त्यस्तै प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं.१ मा ५५, मधेशमा ५९, बागमतीमा ५८, गण्डकीमा ५२ दलले निवेदन दिएका छन् । लुम्बिनीमा ५४, कर्णालीमा ४९ र सुदूरपश्चिममा ५० वटा निवेदन परेको आयोगले जनाएको छ ।