• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   ओली र लामिछानेले किन दाहाललाई तर्साउन थाले ? ★   हारेको खेलबाट नेपालले जितेको प्रशंसा, देश भित्रको अवस्था भने दयालाग्दो ★   पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो ★   बागमती प्रदेशः ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन ★   सुदूरपश्चिम प्रदेशः रु ३१ अर्ब ६२ करोड बजेट पेस ★   एमाले संसदीय दल बैठक–कानून निर्माणमा चनाखो भएर भुमिका निर्वाह गर्न अध्यक्ष ओलीको निर्देशन ★   कोशी प्रदेशः ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक ★   गण्डकी प्रदेशः आगामी आवका लागि रु ३२ अर्ब ९७ करोड बजेट ★   लुम्बिनी प्रदेशः करिब रु ३८ अर्ब ९६ करोड विनियोजन ★   बजेटबारे समीक्षा हुन आवश्यक छः अध्यक्ष ओली

नेपाल केन्यासँग सात रनले पराजित



काठमाडौं । घरेलु टोली केन्याविरुद्धको चौंथो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल पराजित भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल. केन्यासँग ७ रनले पराजित भएको हो ।

केन्याले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

केन्याका रकिप पटेलले ३ विकेट लिए । भिराज पटेल, शेम एन्गोचे र एलिज्ह ओटिनोले २र२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा अलआउट हुँदै १ सय १ रन बनाएको थियो ।

केन्याका लागि लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाए भने कोलिन्स अबुयाले २० रन जोडे । नेपालका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए । यस्तै आदील अन्सारीले २ तथा साहब आलम र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।

पाँच खेलको टी–ट्वान्टी सिरिजमा नेपाल र केन्या २–२ को अवस्थामा रहेको छ । नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी–ट्वान्टी मंगलबार हुनेछ ।

टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।