• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   यो ६ वर्षको गोरुले बनायो विश्व कीर्तिमान ★   बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   २६ दिन बेपत्ता भएपछि घर फर्किए ‘तारक मेहताका उल्टा चश्मा’ फेम अभिनेता गुरुचरण सिंह ★   महासचिव गुटेरेससँग सचिव लम्सालको भेट ★   आरोही कल्याणकारी कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा ★   नामिबियाले दिएको लक्ष्य अष्ट्रेलियाले १० ओभरमै भेट्टायो ★   भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी ★   हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको आह्वान ★   ८ हजारमाथिका हिमाल आरोहणपछि मात्रै सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाऔँ: मुख्यमन्त्री कार्की ★   गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे

एएफसीद्वारा एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना



काठमाडौं । एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई जरिवाना गरेको छ ।

एएफसीले कुवेतमा भएको एएफसी एसियन कप छनोटको क्रममा प्रतियोगिताको विभिन्न आचारसंहिता उलंघन गरेको भन्दै एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना गरेको हो ।

एएफसीको अनुशासन तथा इथिक कमिटिले एसियन कप छनोट अन्तर्गत जुन १४ इन्डोनेसियाविरुद्धको खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी खेलअघि ड्रेसिङ रुपमा प्रवेश गरेको र खेलपछि एक्रिडिटेशन कार्ड लिएर मैदान प्रवेश गरेको कारण ६ हजार डलर जरिवाना गरिएको जनाएको छ ।

यस्तै, कुवेत र जोर्डनविरुद्धको खेलमा पहेलो कार्ड पाएको कारण इन्डोनेसियाविरुद्धको खेलमा अब्दुल्लाह निलम्बनमा रहेका थिए ।

त्यस्तै इन्डोनेसियाविरुद्धको खेलको पहिलो हाफ सुरु हुन ढिलाइ गर्दा एन्फालाई थप १ हजार अमेरिकी डलर जरिवाना गरिएको एएफसीले जनाएको छ ।

जरिवानाको २५ प्रतिशत ९० दिनभित्र तिर्नुपर्ने र बाँकी रकम दुई वर्षभित्र तिर्न सकिने एएफसीले जनाएको छ ।