२७ भाद्र २०८३, शनिबार
,
Latest
देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

६२ केन्द्रीय सदस्य र ३१ सांसद सनाखतका लागि आएका छौं : प्रेम आले



file photo
अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य प्रेम आलेले आफूहरूसँग साविक एमालेका ६२ केन्द्रीय सदस्य र ३१ सांसद रहेको दाबी गरेका छन् । 

बुधबार आयोगमा पुगेका सांसद आलेले नयाँ दल दर्ताका लागि आवश्यक केन्द्रीय समिति र संसदीय दलमा २० प्रतिशत पुग्ने दाबी गरेका हुन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरेर एमालेका १५५ सांसद छन् । २० प्रतिशतको लागि ३१ सांसदको आवश्यकता पर्छ । 

संसदीय दलमा २० प्रतिशत नपुगे पनि केन्द्रीय कमिटीमा मात्र २० प्रतिशत उपस्थित भए पनि माधव नेपालको पार्टीले आधिकारिकता पाउने छ । 

हस्ताक्षर सनाखत भएमा निर्वाचन आयोगले आजै दल दर्ताको प्रमाणपत्र दिने तयारी रहेको स्रोतले बतायो ।