११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले के भने ?

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले के भने ?
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दिव्यमणि राजभण्डारी गोरखा रेजिमेन्टमा भर्ना भएका नेपालीले पाउनुपर्ने सुविधाको विषय टुङ्गो लगाउन सरकारसँग माग गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद राजभण्डारीले गोरखा सैनिकहरुको मागलाई सरकारले बेवास्ता गरेर दुखि बनाएकाले तत्काल माग पूरा गर्न माग गर्नुभएको हो । उहाँले भारतमा समेत गोरखा भर्नामा नयाँ नियम बनाएको बताउनु भयो ।

त्यस्तै सांसद दीपकप्रकाश भट्टले विद्यालयमा काम गर्ने शिक्षकहरुको संस्था नेपाल कर्मचारी परिषद्ले उठाएका मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो । उहाँले विद्यालय व्यवस्थापन र विद्यालयका कर्मचारी दुईतर्फ भइरहेकाले उनीहरुको जाहेज माग सरकारले तत्काल पूरा गर्नुपर्ने बताउनु भयो ।

सांसद दुर्गाकुमारी विश्वकर्माले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा विदेशमा हुने नेपालीलाई पनि भोट हाल्न पाउने व्यवस्था मिलाउन माग गर्नुभयो । उहाँले अहिले ४५ लाख नेपाली विदेशमा रहेको तर अहिलेसम्म निर्वाचनमा मत दिने अधिकार नपाएको बताउनु भयो । सांसद विश्वकर्माले सम्बन्धित दुतावासबाट भोट हाल्न पाउने व्यवस्था गर्न पनि माग गर्नुभयो । उहाँले नेपालमा नै रहेर नेपाली विभिन्न उद्योगमा काम गर्ने जनताले भोट दिन नपाएको अवस्था रहेको भन्दै उद्योगमा काम गर्ने मजदुरहरुलाई पनि भोट हाल्ने वातावरण बनाउन माग गर्नुभयो ।

त्यस्तै सांसद नवराज सिलवालले ललितपुरको ठूला दुलुङ क्षेत्रमा उत्पादन हुने कफी खेतीलाई प्रवन्धन गर्न आर्थिक र प्राविधिक प्याकेज माग गर्नुभयो । उहाँले उक्त क्षेत्रमा १२ सय घरपरिवार कफी खेतीमा संग्लन भएर युरोपमा कफी निर्यात गरिरहेको बताउनु भयो । सिलवालले यो वर्ष करिव ९ टन कफी निर्यात गर्ने किसानहरुले लक्ष्य राखेको पनि बताउनु भयो । त्यहाँका किसान संसदसमेत मन्त्रालयहरुमा गएर कफी खेती प्रवन्धन गर्न आर्थिक सहयोग माग गर्दा समेत सरकारले कानमा तेल हालेर बसेको आरोप लगाउनु भयो ।

त्यस्तै सांसद पार्वता जिसी चौधरीले माओवादी र काँग्रेसको अपवित्र गठबन्धनले देश र पार्टी दुवैको हीत नगर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई अपवित्र गठबन्धन गर्नु जनतासँगको बेइमानी भएको भन्दै नेपाली काँग्रेसलाई बचाउन गठबन्धन तोड्न आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री देउवालाई काँग्रेस आगामी निर्वाचनमा एक्लै निर्वाचनमा जाने घोषणा गर्न सुझाव दिनुभयो । सांसद चौधरीले आगामी निर्वाचनमा काँग्रेसलाई ठूलो पार्टी बन्न कसैले रोक्न नसक्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री देउवालाई जीवनको अन्तिम समयमा एउटा राम्रो काम गर्न भन्दै राम्रो काम नगरे भावी पुस्ताले सराप्ने बताउनु भयो ।

त्यस्तै सांसद अञ्जना बिसुङ्खेले आगामी निर्वाचनमा महिलाको लागि निर्वाचन आरक्षण तोकी कानून बनाएर समानुपातिक सहभागिता कायम गर्न सरकारसँग माग गर्नुभयो । उहाँले आरक्षण ताकेर तत्काल विधेयक ल्यान सभामुखको रुलिङ माग गर्नुभयो ।

त्यस्तै सांसद प्रेम सुवालले त्रिभूवन विश्वविद्यालय तीन वर्षमा ३०० सय दिन तालाबन्दी भएकाले तीन वर्ष यता प्रधानमन्त्री र शिक्षामन्त्री भएकाहरुलाई स्पष्टिकरण सोध्नुपर्ने बताउनु भयो । उहाँले युद्धको समयमा समेत विद्यालय र विश्व विद्यालयहरु सञ्चालन भएको देशहरु धेरै रहेको बताउनु भयो । उहाँले भारतको गगनचुमी जुम्ल्याह भवन बम राखेर भत्काए जस्तै काठमाडौंको ठमेलको सार्वजनिक कमल पोखरीमा निर्माण गरिएको व्यापारीक भवन छायाँ कम्प्लेस भत्काउन जरुरी रहेको बताउनु भयो । सांसद सुवालले निर्वाचन घोषणा भएपछि संसद सुचारु हुने आचार संहिताको उल्लघन भएको गुनासो भएकाले तत्काल संसद अन्त्य गर्न माग गर्नुभयो । उहाँले उल्लेखित विषयमा सभामुखसँग रुलिङको मागसमेत गर्नुभयो ।

त्यस्तै सांसद डा.विजय सुब्बाले साझा प्रकाशनलाई कक्षा ११ को पाठ्यपुस्तक छाप्न दिने निर्णय भएपनि स्वीकृत नभएको भन्दै तत्काल फाइल स्वीकृत गर्न माग गर्नुभयो । उहाँले यो भन्दा अगाडिका ६ जना शिक्षा मन्त्रीले साझा प्रकाशन केन्द्र डुबाइएको पनि बताउनु भयो ।

उहाँले शिक्षा मन्त्रीलाई साझा प्रकाशनको विषयमा गलत सूचना गएको पनि बताउनु भयो ।