१६ भाद्र २०८३, मंगलवार
,
Latest
बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिविमा देखिएको समस्या शिघ्र समाधान गर्न सभामुखको रुलिङ



अ+ अ-

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले त्रिभूवन विश्वविद्यालयमा देखिएको समस्या शिघ्र समाधान गर्न सरकारलाई रुलिङ गर्नुभएको छ ।

सोमवारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले त्रिभूवन विश्वविद्यालयमा तालाबन्दी लगायतका विरोधका कार्यक्रमले पठनपाठन प्रभावित भएकोप्रति प्रतिनिधि सभाको गम्भिर ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले त्रिभूवन विश्वविद्यालयको समस्यालाई शिघ्र समाधान गर्न सरकारलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो – ‘त्रिभूवन विश्वविद्यालयमा भएको तालाबन्दी लगायतका बिरोध कार्यक्रमहरुले विश्वविद्यालयको शैक्षिक एवं पठनपाठन कार्य प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुरा उठाउनुभएको छ । सभाको गम्भिर ध्यानाकर्षण भएको छ । तसर्थ यो समस्या शिघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देशन दिन्छु ।’

यसअघि प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै नेकपा (एमाले)का सांसद प्रदीपकुमार ज्ञवालीले त्रिभूवन विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखले सरकारलाई रुलिङ गर्न माग गर्नुभएको थियो । बैठकमा बोल्दै उहाँले त्रिभूवन विश्वविद्यालयमा प्राध्यापकलाई आक्रमण गर्नेहरुमाथि कारबाही नगरिएको भन्दै आपत्ति जनाउनुभएको थियो । विश्वविद्यालयमा यसरी प्राध्यापकहरुमाथि आक्रमण हुनुले तथा अराजकता मौलाउनुले शिक्षाको गुणस्तर कायम नहुने उहाँले बताउनु भयो । उहाँले त्रिभूवन विश्वविद्यालयमा घटीरहेका घटनाहरुको सम्बन्धमा एमाले टुलुटुले हेरेर नबस्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘पढाउन कक्षा कोठातिर हिँडिरहेका प्राध्यापकहरुमाथि सांघातिक आक्रमण भएपछि र त्यसरी आक्रमण गर्नेहरुलाई मुद्दा नचलाइएपछि या चलाइएको मुद्दापनि फिर्ता लिने अवस्था भइसकेपछि विश्वविद्यालय कसरी चल्छ ? शिक्षाको गुणस्तर कसरी कायम हुन्छ ? यो असाध्यै गम्भिर प्रश्न भयो ।

प्राध्यापकमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने कुरा । प्रहरी पछिपछि त्यही आक्रमणमा संलग्न विद्यार्थीहरु अघिअघि गएर तालाबन्दी गर्ने, तोडफोड गर्ने कार्यकक्षहरु । माइन्युटहरु समेत लुटेर जाने जुन स्थिति बनेको छ । यसमा न कुलपति बोल्नुभएको छ, न सहकुलपति बोल्नुभएको छ, न गृहमन्त्रीले नै जवाफ दिनुभएको छ । प्रमुख प्रतिपक्ष यो स्थितिलाई टुलुटुलु हेरेर बस्न सक्दैन सभामुख महोदय । के कुनै संस्थाहरुको स्वतन्त्रता यसरी नै समाप्त पारिने हो ?’

सांसद ज्ञवालीले त्रिभूवन विश्वविद्यालय चरम गुण्डागर्दीले त्रसित रहेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो विद्यार्थी संगठनलाई गुण्डागर्दी गर्न सिकाएको हो ? भन्ने प्रश्न गर्नुभयो । प्रधानमन्त्री र गृहमन्त्री स्वयं विद्यार्थी राजनीतिबाट मुलुकको शीर्ष स्थानमा पुगेको उल्लेख गर्दै उहाँले त्रिभूवन विश्वविद्यालयमा भएको विकृतिलाई रोक्नुपर्ने बताउनु भयो ।




भर्खरै