२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु सनाखतका लागि आयोगमा



अ+ अ-

काठमाडौं । प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु नयाँ दल दर्ता प्रक्रियाका लागि सनाखत गर्न  निर्बाचन आयोग पुगेका छन् ।  नयाँदल दर्ताका लागि लोसपाका अध्यक्ष महन्थ ठाकुर , राजेन्द्र महतो लगायतका नेताहरु निर्बाचन आयोगमा पुग्नु भएको छ ।

आयोगले उहाँहरुलाई सनाखतका लागि दिउसो २ बजे सम्मको समय तोकिदिएको छ ।  प्रस्तावित लोसपाका अध्यक्ष ठाकुरले ३१ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुको नामावली आयोगमा बुझाउनु भएको थियो । त्यही नामका आधारमा आयोगले सनाखत गर्ने छ ।

कुनै कानूनी अड्चन नआए प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी ले आजै दल दर्ताको प्रमाणपत्र पाउने छ ।