२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिराले राप्ती लोकमार्ग अवरुद्ध



file
अ+ अ-

तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्डमा पहिरो जाँदा आवतजावत ठप्प भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार तुलसीपुर उपमहानगरपालिका–३ स्थित साततलेमा पहिरो खस्दा आज बिहानैदेखि आवतजावत ठप्प भएको छ ।

“त्यस ठाउँमा विभिन्न तीन/चार ठाउँमा पहिरो गएको छ, हटाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “पहिरो खसिरहेको अवस्था रहेकाले हटाउने समस्या भएको छ, त्यसमा पनि एउटा डोजर बिग्रिएकाले अर्को डोजर लैजान काम भएको छ, केही समय लाग्ला ।” गए रातिदेखि नियमित परेको बर्सातले पहिरो गएको हो ।

पहिरो हटाउनका लागि कपुरकोटबाट पनि प्रहरी आएको छ ।