• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक विधायन समितिमा छलफल हुँदै



file

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकमाथि आज विधायन व्यवस्थापन समितिमा छलफल हुँदैछ ।

समितिको बैठक आज दिउँसो १२ बजे बस्ने भएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाण, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा, गृहसचिव टेकनारायण पाण्डेको समेत उपस्थिति रहनेछ ।

आइतबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाले हुबहु पारित गरेको विधेयकलाई प्रक्रियागत रूपमा अघि बढाउने सर्वसम्मत निर्णय गरेको थियो ।

आइतबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता नागरिकता विधेयकलाई पुनर्विचारका लागि विधायन समितिमा पठाउने प्रस्ताव गरेका थिए ।