२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

अफगानिस्तानको उद्धारकार्य समय सीमाभित्रै सक्नुपर्ने बाइडेनको भनाइ

अफगानिस्तानको उद्धारकार्य समय सीमाभित्रै सक्नुपर्ने बाइडेनको भनाइ
अ अ+ अ-

काबुल । अमेरिकी राष्ट्रपति जो बाइडेनले करिब दुई हप्तादेखि अफगानिस्तानमा जारी रहेको आफ्ना र अन्य नेटो गठबन्धन राष्ट्रका नागरिकको उद्धारकार्यलाई समय सीमाभित्रै सक्नुपर्ने बताउनुभएको छ । 

सोही बमोजिम अमेरिकाले काम गरिरहेको पनि उहाँले जानकारी दिनुभएको छ । उहाँले मङ्गलबारको एक सम्बोधनमा सो कुरा बताउनुभएको हो । 

अमेरिकाले एक्लै र उसका नेटो गठबन्धन देशले पनि यस कार्यलाई निरन्तरता दिएको र आगामी अगष्ट ३१ को समयसीमाभित्र सम्पन्न भइसक्ने आफ्नो विश्वास रहेको पनि उहाँले दोहो¥याउनु भएको छ । 

आवश्यक परेमा उडानको सङ्ख्यामा वृद्धि गरिएको जानकारी उहाँले दिनुभयो । उहाँले भन्नुभयो, आवश्यकताको आधारमा पछिल्ला केही दिनमा उडानको सङ्ख्या थपिएको छ र आवश्यक कागजपत्र भएका सबै मानिस अफगानिस्तानबाट बाहिरिन पाउने छन् । 

यस प्रयोजनका लागि तालिबानको सहयोगको भने उहाँले अपेक्षा गरिएको बताउनुभयो । अमेरिकाले आगामी हप्ता उद्धार मिसन सम्पन्न गर्ने तयारी गरेको तर यसमा तालिबानको सहयोग कस्तो रहन्छ त्यसमा पनि भर पर्ने उहाँले बताउनुभयो । 

यस कार्यमा यदि कुनै प्रकारको समस्या उत्पन्न भएमा के कस्तो तयारी गर्ने भन्ने बारेमा आफूले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई निर्देशन दिएको जानकारी पनि सो सम्बोधनका क्रममा उहाँले दिनुभयो । 

जति चाँडो यो उद्धारकार्य सम्पन्न हुन्छ त्यति नै राम्रो हुने राष्ट्रपति बाइडेनले बताउनुभयो । अहिलेसम्म आफूले लिएको उद्धार मिसनमा कुनै असर नपारेको पनि उहाँले बताउनुभएको छ । 

उता तालिबान लडाकुले भने उद्धारकार्ये समय सीमा थप्न नसकिने बताउँदै आएका छन् । तर पनि त्यहाँबाट विदेशी मानिसलाई बाहिर निस्कन तालिबानले सहयोग गरिरहेको बताइएको छ । 

जसका कारण काबुल विमानस्थल अहिले पनि अव्यवस्थित भीड र भागदौडका कारण अझै पनि अस्तव्यस्त रहेको भने रहेको बताइएको छ । 

यहाँ अफगानभन्दा पनि बढी त विदेशी नागरिकको ठूलो भीड लागेको छ । अफगानिस्तानको सत्तामा तालिबान आएपछि एकै पटक हजारौँ मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लाग्ने गरेको छ । 

गत अगस्ट १५ मा तालिबानले सत्ता कब्जामा लिएपछि यहाँको विमानस्थलमा भीड लागेको संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रले बताउँदै आएका छन् । 

यता नेटो सैन्यआवद्ध गठबन्धन देशले जारी राखेका उद्धार उडानमा जान प्रयास गरिरहेका मानिसका कारण यहाँ भीड लागेको र ठूलो सङ्ख्यामाा मानिस आफ्नो देश फर्किन सङ्घर्ष गरिरहेका छन् ।