१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्वारा पाकिस्तान पराजित



अ+ अ-

एजेन्सी । भारतले एसिया कप २०२२ को विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।

आइतबार राति दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले १९.५ ओभरमा १४७ रन बनाएको थियो ।

मोहम्मद रिजवानले ४३ रन बनाए । भुवनेश्वर कुमारले चार र हार्दिक पाण्ड्याले तीन विकेट लिए ।

जवाफमा भारतले १९.४ ओभरमा ५ विकेटले जित हात पारेको थियो । हार्दिकले छक्का लगाएर खेलको अन्त्य गरे । भारतका लागि विराट कोहलीले ३५ रन, रविन्द्र जडेजाले २९ बलमा ३५ रन र हार्दिक पाण्ड्याले १७ बलमा ३३ रन बनाए । पाकिस्तानका लागि मोहम्मद नवाजले तीन र नसिम शाहले दुई विकेट लिए ।

एसिया कपमा भारतले पाकिस्तानलाई लगातार चौथो पटक पराजित गरेको छ । यसअघि सन् २०१६ मा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो। यसपछि २०१८ एशिया कपमा टीम इन्डियाले पहिलो खेलमा ८ विकेट र दोस्रो खेल नौ विकेटले पराजित गरेको थियो ।

यो जितसँगै भारतले पाकिस्तानसँग २०२१ को टी–२० विश्वकपमा पराजयको बदला पनि लिएको छ । दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सन् २०२१ को टी–२० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरेको थियो ।

भारतीय टोलीले अब आफ्नो अर्को खेल अगस्ट ३१ मा हङकङसँग खेल्नेछ । त्यस्तै, पाकिस्तानको टोलीले सेप्टेम्बर २ मा हङकङसँग खेल्नेछ ।