१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज, समसामयिक सुरक्षा अवस्थाबारे छलफल हुने सप्तरीमा नयाँ ३३/११ केभी सबस्टेसन सञ्चालनमा, १५ हजार उपभोक्ता लाभान्वित हुने माग प्रमाणीकरणमा नयाँ व्यवस्था, वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अनिवार्य ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम राष्ट्रपति पौडेल र सभामुख आर्यालबीच भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल इराकमा इरान समर्थित लडाकु समूहमाथि अमेरिका र साउदी अरबद्वारा हवाई आक्रमण इरानमाथि कडा जवाफी कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनतालाई नागरिकता दिने कुरामा एमाले बाधक भयो भनेर गठबन्धनले भ्रम फैलायोः ओली



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई नागरिकता दिने कुरामा आफ्नो पार्टी बाधक भयो भनेर सत्तारुढ गठबन्धनले भ्रम फिँजाउने कोसिस गरिरहेको आरोप लगाउनु भएको छ ।

विगतमा ६० वर्ष उमेर पुगेकाहरुलाई एमालेले मार्छ भनेर भ्रम छरे जस्तै अहिले पनि जनतालाई नागरिकता दिने कुरामा एमाले बाधक बन्यो भनेर भ्रम फैंल्याउने कोसिस सत्तारुढ दलहरुले गरिरहेको भन्दै अध्यक्ष ओलीले त्यसको खण्डन गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिनु भयो ।

उहाँले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने काम किन अल्झाएर राखेको ? भन्दै सरकारलाई प्रश्न समेत गर्नु भयो । नेकपा एमाले जनताको हरेक समस्या समाधान गर्दै आएको र गर्ने पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले नागरिकताको समस्या स्थायी रुपमा समाधान गर्न आफ्नो पार्टीले चाहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘नेकपा (एमाले) जनताको हरेक समस्या समाधान गर्न चाहन्छ । जनताको समस्या समाधान गरी आएको पार्टी हो ।

एमाले नागरिकताको समस्या स्थायी रुपमा समाधान होस भन्ने चाहन्छ । अनि, एमालेकै विरुद्ध अहिले पनि भ्रम फिँजाउन खोज्ने ? पहिलेपहिले जस्तै ६० वर्ष भन्दा माथिकालाई गोली हानेर मार्छ भनेर गाउँमा कुँदेजस्तै अहिले फेरी अर्को खालको भ्रम फिँजाउन खोज्ने ? त्यसकारण सरकारको काम हो–जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता देऊ ।

आमा वा बुबाको नाममा नागरिकता छ भने आमा वा बुबाको नाममा नागरिकत देऊ । किन अल्झाएर राख्ने ? तर, संसदीय प्रक्रिया त हुन्छ नि । अनि संसदीय प्रक्रिया मिच्नका लागि एमाले बाधक भो भनेर बहाना बनाउने ? त्यसकारण यो कपटपूर्ण अहिलेको गठबन्धनको यस्ता कपटपूर्ण खालको दुष्प्रचारहरु गठबन्धनले गर्छ भने हामीले त्यसको जोडदार खण्डन गर्नु पर्दछ । हामी नागरिकताको स्थायी समाधान चाहन्छौं ।’

अध्यक्ष ओलीले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन जित्नैपर्ने दोहो¥याउनु भयो । राष्ट्रको हितको रक्षा र सम्मानका लागि, राष्ट्रियतको रक्षा र सम्वद्र्धनका लागि, मुलुकको स्वाधिनताको सही ढंगले प्रयोग गर्नका लागि एमालेले आगामी निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउनुपर्ने उहाँको तर्क थियो ।