१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र पाकिस्तानबीचको महाभिडन्त आज



अ+ अ-

एजेन्सी । एसिया कप अन्तर्गत भारत र पाकिस्तानबीचको दोस्रो खेल आज आइतबार दुबईमा हुँदैछ । यो खेल नेपाली समयानुसार ७ः४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।

दस महिनापछि दुवै देश आमनेसामने हुनेछन् । यसअघि दुवैले २४ अक्टोबर २०२१ मा भएको टी–२० विश्वकपमा यसै मैदानमा खेलेका थिए जसमा पाकिस्तान १० विकेटले विजयी भएको थियो ।

दुवै टोली एसिया कपको उपाधि जित्ने प्रबल दावेदार हुन् । यो खेल जित्ने टोलीले उपाधितर्फ एक कदम अगाडि बढ्नेछ । दुवै टोलीका प्रमुख बलर चोटका कारण बाहिर छन् ।

पछिल्लो पटक दुई टोली आमनेसामने हुँदा विराट कोहली भारतका कप्तान थिए । उनले टी–२० विश्वकपअघि नै प्रतियोगितापछि टी–२० कप्तानी छाड्ने बताएका थिए । उनका लागि कप्तानको रूपमा पाकिस्तानविरुद्धको अन्तिम खेल बिर्सने खालको थियो ।

विश्वकपमा भारत पहिलो पटक पाकिस्तानसँग पराजित भएको थियो । प्रतियोगितापछि रोहित शर्मा नियमित कप्तान बनेका छन् । पाकिस्तानसँग बदला लिने जिम्मेवारी उनै रोहितको काँधमा छ ।

भारतको सम्भावित सुरुवाती – ११
रोहित शर्मा (कप्तान), केएल राहुल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकीपर), हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अश्विनरअवेश खान, भुवनेश्वर कुमार, अर्शदीप सिंह, युजवेन्द्र चहल ।

पाकिस्तानको सम्भावित सुरुवाती – ११
बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकीपर), फखर जमान, इफ्तिखार अहमद, आसिफ अली, खुशदिल शाह, शादाब खान, मोहम्मद नवाज, नसीम शाह, हरिस रौफ, शाहनवाज दहनी ।