२७ भाद्र २०८३, शनिबार
,
Latest
देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोमा परेर एक जनाको मृत्युः राजमार्ग अवरुद्ध



सांकेतिक तस्बिर
अ+ अ-

मान्म । कर्णाली राजमार्गको कालीकोटको शुभकालीका गाउँपालिका–१ कालेखोलामा पहिरामा परी एक जनाको मृत्यु भएको छ । आज बिहान ५ बजे कर्णाली राजमार्गको पहिरामा च्यापिएर शुभकालीका गाउँपालिका–१ की २५ वर्षीया बिमला सुनारको मृत्यु भएको हो ।

राजमार्गमाथिबाट आएको ढुङ्गाले च्यापिएको अवस्थामा भेटिएको सुनारलाई प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल कालीकोटतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले जानकारी दिनुभयो । 

वर्षात्का कारण सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्गको दुई ठाउँमा पहिरा गएका कारणले सो राजमार्ग अवरुद्ध रहेको कालीकोटका प्रहरी प्रमुख शाहले बताउनुभयो । “बिहान दैलेख र कालीकोटको सिमानामा पर्ने कालेखोला र एसमोडमा पहिरा खसेको छ”, उहाँले भन्नुभयो, “पहिराका कारण यातायातका साधन बीचबाटोमै रोकिएका छन् ।”

अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरी प्रमुख शाहले जानकारी दिनुभयो ।