२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

समान काम गर्दा रामवरण यादव ठीक, विद्यादेवी भण्डारी गलत : योगेश भट्टराई



file
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गर्नुभएको औपचारिक तथा अनौपचारिक भेटघाट र छलफलहरुलाई अनावश्यक सक्रियता भनी टिप्पणी गरिएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले एक पोस्ट गर्दै पूर्वराष्ट्रपति डा रामवरण यादवले आयोजना गर्नुभएका औपचारिक तथा अनौपचारिक भेटघाट र छलफलमा भाग लिएका वरिष्ठ व्यक्तिहरुले नै वर्तमान राष्ट्रपति भण्डारीले त्यस्तै काम गर्दा अनावश्यक सक्रियता भनी टिप्पणी गरेको बताउनुभयो ।

उहाँले राष्ट्रपतिले गर्ने यस्ता औपचारिक तथा अनौपचारिक भेटघाट र छलफल हिजो पनि ठीक रहेको र आज पनि ठीक रहेको बताउनुभएको छ ।

संघीय सदनको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक पुनर्विचार गर्न भन्दै राष्ट्रपति भण्डारीले संसद्मै फिर्ता पठाउनुभएको थियो । प्रतिनिधिसभाले विधेयकमाथि कुनै पुनर्विचार नै नगरी हुबहु पारित गरेपछि सो विधेयकबारे राष्ट्रपतिले पछिल्ला केही दिनमा विभिन्न अनौपचारिक भेटघाट र छलफल गर्दै आउनुभएको छ ।

राष्ट्रपतिको सो कदमलाई सत्ता गठबन्धनका केही नेताले राष्ट्रपतिले अनावश्यक सक्रियता बढाएको भन्दै टिप्पणी गरेका छन् ।