• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

नेपालले आज घरेलु टोली केन्याको सामना गर्दै



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिले आज (आइतबार) घरेलु टोली केन्यासँग तेस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्याबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

दुबै टोली दोस्रो जितको खोजीमा रहेका छन् । पाँच खेलको सिरिजमा नेपाल र केन्या १–१ को अवस्थामा रहेको छ ।

बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने शुक्रबार भएको दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

नेपाल र केन्याबीच चौंथो टी–ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी–ट्वान्टी भदौ १४ गते हुनेछ ।

टी–ट्वान्टी सिरिजपछि नेपालले केन्यासँग एकदिवसीय सिरिज खेल्नेछ ।

पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुने कार्यतालिका छ ।