२७ भाद्र २०८३, शनिबार
,
Latest
देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्धस्तरमा काम गरेर भएपनि क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्नुपर्छ : पौडेल



file
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिनु भएको छ । 

वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यता वितरणमा त्रुटि भए सच्याउने अवसर प्रदान गर्न पनि पार्टी नेतृत्वले त्यसको सार्वजनिक गर्न ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो । पार्टी केन्द्रिय कार्यालय सानेपामा क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्नुपर्ने मुख्य माग राख्दै पार्टीका जिल्ला सभापतिहरुले धर्ना दिईरहेका छन । सोही धर्ना कार्यक्रममा ऐक्यवद्धता जनाउन बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपा पुग्नु भएका वरिष्ठ नेता पौडेलले युद्धस्तरमा काम गरेर भएपनि पार्टीको क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न सभापति देउवासँग माग गर्नु भयो । उहाँले पार्टीको वैधानिक संकट आउन नदिन आगामी भदौं १८ गते वडा अधिवेशन सम्पन्न हुने गरी युद्धस्तरमा काम अगाडि बढाउन पनि पार्टी नेतृत्व गम्भिर हुनुपर्ने दोेहो¥याउनु भयो । वरिष्ठ नेता पौडेलले भन्नु भयो, ‘युद्धस्तरमा अहोरात्र खटिएर क्रियाशील सदस्यहरुको नामावली टुंग्याएर पार्टीलाई बैधानिक संकटबाट बचाउन पर्दछ । संवैधानिक संकटबाट नेपाली काँग्रेसलाई बचाउनुपर्ने अहिले आवश्यक्ता भएको छ । तपाईहरु सबैलाई थाहै छ–मैल त २०७७ साल मंसीर २८ गतेबाट सुरु भएको महासमिति बैठकदेखि नै कार्यतालिका बनाएर महाधिवेशन गरौं भन्दा मानिएन । अहिले संकट यसरी आएको छ । तर यो अन्तिम घडीमा पनि पार्टीको वैधानिक संकटलाई निवारण गर्न हाम्रो केन्द्रिय नेतृत्व इमान्दार भएर, हामी सबै ईमान्दार भएर लागौं । र हाम्रो पार्टीलाई बचाउन काममा सबै एक होऊ ।’

वरिष्ठ नेता पौडेलले पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्न आफूले प्रयास गरिरहे पनि पार्टी नेतृत्वले सुनुवाई नगरेको गुनासो पनि गर्नु भयो । उहाँले पार्टी नेतृत्व इमान्दार भए अझै पनि तोकिएकै समयमा नेपाली काँग्रेसको १४ औं महाधिवेशन सम्पन्न गर्न सकिने विश्वास पनि व्यक्त गर्नु भयो ।