२७ भाद्र २०८३, शनिबार
,
Latest
देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार दिनदेखि सम्पर्कविहीन किशोरी मृत फेला



अ+ अ-

कर्णाली । घरबाट सम्पर्कविहीन रहेको चार दिनपछि कालीकोटमा एक किशोरी मृत अवस्थामा मकैबारीमा फेला परेकी छन् । खाँडाचक्र नगरपालिका–६ कालीकोटकी १६ वर्षीया निरु विकको शव मकैबारीमा भेटिएको हो । 

विकको शव केही सडेर क्षतविक्षत भएको र केही भाग स्यालले खाइसकेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । 

उहाँका अनुसार शुक्रबारदेखि हराएकी निरु एकैचोटि मङ्गलबार दिउँसो घर नजिकैको मकैबारीमा मृतावस्थामा भेटिएकी थिइन् । प्रहरी नायब उपरीक्षक शाहको नेतृत्वमा सदरमुकाम मान्मबाट गएको प्रहरी टोलीले स्थलगत मुचुल्का गरी शव परीक्षणका लागि जिल्ला अस्पताल कालीकोट पु¥याएको छ । 

“रिपोर्ट नआएसम्म केही भन्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “घटना कसरी, कहिले र कुन कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।” यता योङ्ग कम्युनिष्ट लिग नेपाल कालीकोटका इञ्चार्ज रमेश केसी र सहइञ्चार्ज हस्तबहादुर शाहीले आज संयुक्त विज्ञप्ति जारी गर्दै किशोरीमाथि बलात्कारपछि हत्या भएको हुनसक्ने आशङ्का देखाएर आफ्नो क्षेत्रबाट प्रहरी प्रशासनको अनुसन्धानमा आवश्यक सहयोग पु¥याउने बताएका छन् ।